
२७ चैत, काठमाडौं । नव निर्वाचित प्रतिनिधिसभाका उपसभामुख रुबीकुमारी ठाकुरले पद तथा गोपनीयताको शपथ गराएकी छन्। राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा सभामुख डोलप्रसाद अर्यालले उनीलाई शपथ गराएका थिए। शपथ समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, प्रधानमन्त्री बालेन्द्र शाह लगायत उच्च पदस्थ व्यक्तिहरूको सहभागिता रहेको थियो।
शुक्रबार सम्पन्न चुनावमा राप्रपाकी सरस्वती लामालाई पराजित गर्दै रुबीकुमारी विजयी भईन्। उनले यसअघि श्रम संस्कृति पार्टीबाट संसद्को प्रतिनिधित्व गरिसकेकी थिइन्। रुबीकुमारीलाई उनको दल श्रम संस्कृति सहित सत्तारूढ दल रास्वपा, नेपाली कांग्रेस र नेकपाले समर्थन गरेका थिए। राप्रपाले भने एकल रूपमा प्रतिस्पर्धा गरेको थियो। नेकपा एमालेले यस चुनावमा भाग नगरेको थियो।






