लेबनानमा युद्धविरामका लागि फ्रान्सका राष्ट्रपति म्याक्रोंको आग्रह

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले इरान र अमेरिकाबीचको युद्धविराम सम्झौतालाई पूर्ण सम्मान गर्नुपर्ने र यसको क्षेत्र विस्तार गरी लेबनानसम्म पुर्याउनुपर्ने बताएका छन्। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार, इजरायली आक्रमणमा तीन जनाको मृत्यु भएको र १२०० भन्दा बढी घाइते भएको छ। हिज्बुल्लाहले इजरायली क्षेत्रतर्फ मिसाइल प्रहार गर्दै आक्रमण जारी राख्ने धम्की दिएको छ। २८ चैत, काठमाडौं।
शनिबार म्याक्रोंले सामाजिक सन्जाल एक्समा दिएका एक पोस्टमा उल्लेख गरेका छन्, ‘मैले साउदी अरबका क्राउन प्रिन्स मोहम्मद बिन सलमानसँग मध्यपूर्वको अवस्थाबारे छलफल गरें र युद्धविरामप्रति समर्थन दोहोर्याएँ, जसको पूर्ण सम्मान हुनैपर्छ। यो युद्धविरामलाई तुरुन्तै बिना ढिलाइ लेबनानसम्म विस्तार गर्नुपर्छ।’ साथै उनले भने, ‘हामीले होर्मुज स्ट्रेट क्षेत्रमा संपूर्ण स्वतन्त्र र सुरक्षीत आवागमन जतिसक्दो छिटो पुनःस्थापना गर्न आवश्यकतालाई पनि छलफल गर्यौं।’
अर्कोतर्फ शनिबार बीबीसीले रिपोर्ट गर्दै लेबनानको इजरायली सीमा नजिकको क्षेत्रमा धुवाँ फैलिरहेको देखिएको उल्लेख गरेको छ। लेबनानको हिज्बुल्लाह समूहले मिसाइल र ड्रोनमार्फत इजरायली सैनिकहरूलाई निशाना बनाएको जनाएको छ। हिज्बुल्लाहले उत्तरी इजरायलको किर्यात शमोना सहरमा निशाना लगाएको र यारा ब्यारेकमा मिसाइल होड्केको बताएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको आक्रमणमा तीन जनाको मृत्यु भएको छ, तर मृत्यु कहिले भएको भन्ने तथ्य स्पष्ट छैन।






