Skip to main content

नेपाल ट्याटु सम्मेलनको १३औं संस्करण ललितपुरमा जारी

१३औं संस्करणको ‘नेपाल ट्याटु सम्मेलन’ ललितपुरको हेरिटेज गार्डेनमा सञ्चालन हुँदैछ। शुक्रबारदेखि सुरु भएको यो सम्मेलन भोलि सम्म चल्नेछ। आयोजकद्वारा जारी गरिएको जानकारीअनुसार, यस संस्करणमा २५० भन्दा बढी कलाकारहरुको सहभागिता रहेको छ। यस वर्ष करिब २५० कलाकारहरु सहभागी छन्, जसमा ४० प्रतिशत स्वदेशी कलाकार र ६० प्रतिशत विदेशी कलाकारहरु रहेका छन्। फोटो : विकास द्वारे