बैंककबाट आठ केजी गाँजा लिएर आएका भारतीय नागरिक त्रिभुवन विमानस्थलमा पक्राउ

२२ वर्षीय भारतीय नागरिक अक्षय कुमारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आठ किलो ५६० ग्राम गाँजासहित पक्राउ गरिएको छ। उनी थाई एअरको उडानमार्फत बैंककबाट काठमाडौं आएका थिए र विमानस्थल सुरक्षा कार्यालय र लागु औषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले पक्राउ गरेको हो। पक्राउ परेका उनीविरुद्ध लागु औषध नियन्त्रण ब्यूरोले अनुसन्धान अघि बढाएको छ। २ वैशाख, काठमाडौं। आठ किलो गाँजासहित एक भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतीय नागरिक २२ वर्षीय अक्षय कुमार छन्। उनलाई मंगलबार राति विमानस्थल सुरक्षा कार्यालय र लागु औषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले पक्राउ गरेको हो। उनीबाट आठ किलो ५६० ग्राम गाँजा बरामद भएको छ। उनी थाई एअरको उडानमार्फत बैंककबाट काठमाडौं आएका थिए। पक्राउ परेका उनीविरुद्ध लागु औषध नियन्त्रण ब्यूरोले अनुसन्धान अघि बढाएको छ।






