Skip to main content

ललितपुरबाट सुनचाँदीका गरगहनाको चोरी, चोरी गर्ने र खरिद गर्ने दुबै पक्राउ

ललितपुर महानगरपालिका-४ बागडोलबाट सुनचाँदीका गरगहना चोरी गर्ने अमन देउला र खरिद गर्ने स्वपन चक्रवर्ती पक्राउ परेका छन्। गत २६ चैत दिउँसो करिब रु ७९ लाख १२ हजार ५ सय २ बराबरको गरगहना चोरी भएको थियो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले अमन र स्वपनलाई पक्राउ गरी सुन चाँदीका गरगहना बरामद गरेको छ। ३ वैशाख, ललितपुर।

ललितपुर महानगरपालिका-४ बागडोलबाट सुनचाँदीका गरगहना चोरी गर्ने र खरिद गर्ने दुई जनालाई पक्राउ गरिएको छ। चोरीको अभियोगमा काठमाडौं महानगरपालिका-२१ बस्ने ३२ वर्षका अमन देउला र चोरीका गरगहना खरिद गरी बिक्रीमा संलग्न काठमाडौं महानगरपालिका-२३ का अर्पिता ज्वेलर्सका सञ्चालक भारत पश्चिम बंगालका ४७ वर्षका स्वपन चक्रवर्ती पक्राउ परेका हुन्।

गत २६ चैत दिउँसो करिब रु ७९ लाख १२ हजार ५ सय २ बराबरको गरगहना चोरी भएको थियो। घटनाको अनुसन्धान गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले अमनलाई ललितपुर महानगरपालिका-४ बाट र स्वपनलाई उनको आफ़्नै पसलबाट पक्राउ गरेको हो। साथै प्रहरीले स्वपनको पसलबाट सुन र चाँदीका जस्तो देखिने विभिन्न गरगहना पनि बरामद गरेको छ। जिल्ला अदालत ललितपुरबाट पाँच दिनको अनुसन्धान थप म्याद लिएर प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।