Skip to main content

मोजाबाट दुर्गन्ध हटाउने ५ घरेलु उपायहरू

गर्मी महिनामा पसिना र ब्याक्टेरियाले मोजाबाट दुर्गन्ध आउँछ, जसले सामाजिक रूपमा लाजमर्दो स्थिति सिर्जना गर्न सक्छ। गर्मीको मौसम सुरु भइसकेको छ र प्रायः मानिसहरू गर्मीमा जुत्ता लगाएर हिँड्न रुचाउँछन्। जुत्ता संगै मोजा लगाउनु अनिवार्य मानिन्छ। गर्मीमा मोजा लगाउँदा दुर्गन्ध आउने समस्या सामान्य छ। यदि जुत्ता खोलेको अवस्था आयो भने दुर्गन्धले लाजमर्दो हुन सक्छ। केही व्यक्तिहरूले दिनभरिको प्रयोगपछि धोए पनि केही घण्टामै मोजाबाट दुर्गन्ध आउने समस्या भोग्नुपर्छ। तर, केही सरल र घरेलु उपाय अपनाएर यो समस्याबाट छुटकारा पाउन सकिन्छ।

मोजामा दुर्गन्ध आउनुको मुख्य कारण पसिना र ब्याक्टेरिया हुन्। खुट्टामा पसिना आउँदा ब्याक्टेरियाको संख्या बढ्न थाल्छ र ती ब्याक्टेरियाले फोहोरको मात्रा बढाएर दुर्गन्ध निम्त्याउँछन्। यदि मोजाहरू राम्ररी सफा नगरेर र सुकाएर राखिएन भने यो समस्या झनै बढ्न सक्छ। यहाँ मोजाको दुर्गन्ध हटाउने ५ प्रभावकारी घरेलु उपायहरू प्रस्तुत गरिएको छ:

१. नुनपानी प्रयोग: मोजा धुनुअघि नुनपानीमा भिजाउनुपर्छ। यसले ब्याक्टेरियालाई मार्छ र मोजाबाट दुर्गन्ध पुरै हटाउँछ।
२. सोडाको प्रयोग: मोजाको गन्धबाट छुटकारा पाउन बेकिङ सोडा प्रयोग गर्न सकिन्छ। मोजा धुनुहुँदा १ देखि २ चम्चा बेकिङ सोडा थप्नुहोस्। यसले मोजालाई राम्रोसँग सफा गर्छ।
३. गुलाबजल: गन्ध हटाउन गुलाबजल पनि प्रयोग गर्न सकिन्छ। जुत्तामा गुलाबजल छर्केर लगाउन सकिन्छ, जसले गन्धलाई लामो समयसम्म रोक्छ।
४. दैनिक सफा मोजा लगाउने: गर्मी मौसममा हरेक दिन फरक मोजा लगाउनुपर्छ। कम्तीमा दुई जोडी मोजाको व्यवस्था गर्नुहोस् र दिनभर लगाएको मोजा बेलुकी धोई सुकाएर प्रयोग गर्नुहोस्।
५. जुत्ता सफा राख्ने: मोजा मात्र होइन, जुत्तालाई पनि सफा राख्नुपर्दछ। जुत्तामा भएको फोहोरले पनि मोजामा दुर्गन्ध फैलिन सक्छ।