
४ वैशाख, पोखरा । प्रिमियम कफी ब्रान्ड माउन्टेनमग कफीले पोखराको बजारमा औपचारिक रुपमा प्रवेश गरेको छ । कम्पनीले आइकोनिक वाल कभरिङ ब्रान्ड फोमी नेपालसँगको साझेदारीमा बिन्ध्यवासिनीस्थित फोमी पोखरा एक्स्पिरियन्स सेन्टरमा नयाँ आउटलेटको शुभारम्भ गरेको छ । यस सहकार्यले ग्राहकलाई कफीको स्वाद मात्र नभई आधुनिक डिजाइन र नविनतम स्पेससँगै नयाँ अनुभव प्रदान गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ । माउन्टेनमग कफीले छोटो समयमै प्रिमियम कफी ब्रान्डको रूपमा आफ्नो पहिचान स्थापित गरेको दाबी गरेको छ । हाल माउन्टेनमग कफीका नेपालमा चारवटा आउटलेटहरु सञ्चालनमा रहेका छन् । पर्यटकीय शहर पोखरामा स्थापना गरिएको यो आउटलेटले नेपाली कफीको लोकप्रियता बढाउने र स्थानीय कफी संस्कृतिको प्रवर्द्धनमा समेत मद्दत गर्ने अपेक्षा कम्पनीको छ।






