
नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले ६ वैशाख साँझ ७ बजे पूर्णबहादुर खड्काको निवास गोल्फुटारमा भेटवार्ता गरेका छन्। थापाको सचिवालयले भेटवार्ता भएको पुष्टि गरे पनि छलफलका विषयहरूबारे कुनै जानकारी दिएको छैन। सर्वोच्च अदालतको आदेशपछि खड्का पक्षीय नेताहरू निरन्तर छलफलमा छन् र सम्मानजनक अवस्था पाउनुपर्ने बताएका छन्।
आजै दिउँसो पूर्व सभापति शेरबहादुर देउवा पक्षका नेताहरू पनि छलफलमा जुटेका थिए। उनीहरूले अदालतको आदेश स्वीकार गर्ने तर आफूहरू सम्मानजनक अवस्था पाउनुपर्ने बताएका छन्। यसैबीच, थापाले साँझ खड्कासँग भेटवार्ता गर्न गोल्फुटारको निवासमा पुगेका हुन्।






