Skip to main content

आइफोनबाट आकर्षक फोटो खिच्न यी ३ सेटिङ परिवर्तन गर्नुहोस्

काठमाडौं । अधिकांश आइफोन प्रयोगकर्ताहरू क्यामेराको ‘डिफल्ट’ सेटिङमै फोटो खिच्ने गर्दछन्। तर, आइफोनको क्यामेरा हार्डवेयर अत्यंत प्रभावशाली छ, र यसका उत्कृष्ट सुविधाहरू सेटिङमा लुकेको हुन्छन्। तपाईंको फोटोग्राफी सिधै सुधार गर्न यी ३ सेटिङ परिवर्तन गर्नुहोस् :
१. राम्रो कम्पोजिसनका लागि ‘ग्रिड’ अन गर्नुहोस्। धेरैजसो फोटोहरू बिग्रिएर वा विषयवस्तु बीचमा मात्र केन्द्रित हुने समस्या समाधान गर्न ग्रिडले मद्दत गर्दछ। यसले क्यामेरा स्क्रिनलाई ९ भागमा विभाजन गरी वस्तुहरू सही स्थानमा राख्न सक्षम बनाउँछ। कसरी गर्ने ? – Settings > Camera मा गई Grid विकल्प ‘अन’ गर्नुहोस।
फाइदा : Landscape फोटो खिच्दा क्षितिज लाई सिधा राख्न र मान्छेको फोटोमा आँखालाई माथिल्लो रेखामा मिलाउन सजिलो हुन्छ।
२. फोटोग्राफिक स्टाइलको प्रयोग गर्नुहोस्। यो इन्स्टाग्राम फिल्टर जस्तो होइन, यसले फोटो खिच्ने क्रममा रङ्ग र टोनलाई सन्तुलित बनाउँछ जसले फोटो व्यावसायिक सम्पादन गरिएको जस्तो देखिन्छ। कसरी गर्ने ? – क्यामेरा एप खोल्नुहोस्, माथि दायाँ कुनामा रहेको ६ वटा थोप्लाहरू भएका आइकनमा थिचेर मनपर्ने ‘स्टाइल’ छान्नुहोस्।
फाइदा : ‘Rich Contrast’ ले छायालाई गहिरो बनाउँछ भने ‘Warm’ ले सूर्यास्त वा खानाको फोटोमा सुनौलो चमक थप्छ।
३. अधिकतम डिटेलका लागि ‘रेजोल्युसन’ सेटिङ परिवर्तन गर्नुहोस्। आईफोन १४ प्रो र पछिका मोडेलमा ४८ मेगापिक्सेल क्यामेरा छ, तर डिफल्टमा १२ मेगापिक्सेलमा फोटो खिचि स्टोर बचत गर्छ। यसको अर्थ तपाईंको क्यामेराले खिच्न सक्ने ७५ प्रतिशत डिटेल गुम्नेछ। कसरी गर्ने ? – Settings > Camera > Formats मा गई ‘ProRAW & Resolution Control’ अन गर्नुहोस।
फाइदा : ४८ मेगापिक्सेल फोटो क्रप गर्दा पनि तस्बिर स्पष्ट र स-साना विवरणहरू पनि प्रष्ट देखिन्छन्।
यी परिवर्तनहरू गर्न दुई मिनेटभन्दा कम समय लाग्छ तर तपाईंको प्रत्येक फोटोको गुणस्तरमा ठूलो सुधार ल्याउँछ।