Skip to main content

नेपालगञ्जमा ‘विटनेश अफ टाइम’ फोटो प्रदर्शनी सम्पन्न हुन लागि

पत्रकार तथा फोटोग्राफर जयनारायण शाहले खिचेका तस्वीरहरूको ‘विटनेश अफ टाइम’ शीर्षकमा आगामी जेठ ११ र १२ गते नेपालगञ्जमा एकल फोटो प्रदर्शनी आयोजना हुन लागेको छ। यस प्रदर्शनीमा समय, समाज, प्रकृति र जनजीवनका महत्वपूर्ण पलहरूलाई तस्वीर मार्फत प्रस्तुत गरिनेछ। यसले नेपाली समाज र सांस्कृतिक जीवनलाई उजागर गर्ने उद्देश्य राखेको छ। आयोजक अन्तरालले नयाँ पुस्तामा फोटोग्राफीप्रति रुचि बढाउने र समाजको जीवन्त चित्र संसारलाई देखाउने लक्ष्यसहित सम्पूर्ण कलेक्सी, विद्यार्थी र सर्वसाधारणलाई निमन्त्रणा गरेको छ।

अन्तरालको आयोजना तथा व्यवस्थापनमा पत्रकार/फोटोग्राफर जयनारायण शाहले खिचेका फोटोहरूको ‘विटनेश अफ टाइम’ शीर्षकमा एकल फोटो प्रदर्शनी आयोजना गर्न लागिएको हो। जेठ ११ र १२ गते नेपालगञ्जमा हुने उक्त प्रदर्शनीमा समय, समाज, प्रकृति र जनजीवनका महत्वपूर्ण क्षणहरूलाई फोटो माध्यमबाट प्रस्तुत गरिनेछ। ‘विटनेश अफ टाइम’ प्रदर्शनीले समयका साक्षी बनेका दृश्यहरू, पात्रहरू, नेपाली समाज, भेषभूषा, संस्कृतिसँगै दैनिक जीवन र प्रकृतिलाई तस्वीरहरू मार्फत उजागर गर्ने उद्देश्य बोकेको छ। प्रदर्शनमा राखिएका तस्वीरहरूले दर्शकलाई मानव सभ्यता र प्रकृतिका विविध आयामहरू अनुभव गराउने विश्वास छ।

‘कहिलेकाहीं केही क्षणहरू केवल स्मृतिमा रहँदैनन्, तिनीहरू इतिहास बन्छन्,’ पत्रकार तथा फोटोग्राफर जयनारायण शाह भन्छन्, ‘उहि क्षणहरूलाई जीवन्त राख्ने प्रयास यस फोटो प्रदर्शनी हो।’ विगत डेढ दशकमा मुलुकमा विभिन्न राजनीतिक घटनाक्रम देखिएको छ। परिदृश्यहरू फेरिएका छन्, धेरै आन्दोलन-झडपहरू भएका छन्। भूकम्प, नाकाबन्दी, कोभिड महामारी र लकडाउनले आम जनजीवनलाई अत्यन्तै कष्टकर बनाएको छ। यी सबै कालखण्डका झलकहरू फोटोग्राफर शाहले कैद गरेका छन्।

‘मैले यात्राका क्रममा जहाँ-जहाँ पुगेँ, त्यो ठाउँको जनजीवन, रहन-सहन, भेशभूषा, बस्ती, प्रकृति, फूलहरू, मनमोहक दृश्यहरू र पदयात्रामा भेटेका मानिसहरूको तस्वीरहरू क्यामेरामा सुरक्षित गरें,’ पत्रकार शाह भन्छन्, ‘अब यी फोटोहरू प्रदर्शनीमार्फत साझा गर्दैछु।’ यस प्रदर्शनी मार्फत नयाँ पुस्तामा फोटोग्राफीप्रति आकर्षण बढाउने तथा समाजको जीवन्त तस्वीर प्रस्तुत गर्ने उद्देश्य राखिएको आयोजक अन्तरालले जनाएको छ। समय, समाज र सम्झनाको कथा बोकेको यी तस्वीरहरू अवलोकन गर्न सम्पूर्ण कलेची, विद्यार्थी, सञ्चारकर्मी र सर्वसाधारणलाई अन्तरालबाट हार्दिक निमन्त्रणा गरिएको छ।