Skip to main content

नेपालको दोस्रो लगातार जीत – आइसीसी महिला च्यालेन्ज ट्रफीमा रुवान्डालाई २ विकेटले पराजित

नेपालले रुवान्डालाई २ विकेटले पराजित गर्दै आइसीसी महिला च्यालेन्ज ट्रफीमा लगातार दोस्रो जीत दर्ता गरेको छ। नेपालले ८९ रनको लक्ष्य दुई बल बाँकी छँदा ८ विकेट गुमाएर पूरा गरेको हो। रुवान्डाले दिएको ८८ रनमा सबै विकेट गुमाउँदा रचना चौधरीले ३ विकेट लिए र सम्झना खड्काले अविजित ४८ रन बनाइन्। ९ वैशाख, काठमाडौं। रुवान्डामा भइरहेको आइसीसी महिला च्यालेन्ज ट्रफीमा नेपाली महिला टोलीले लगातार दोस्रो जीत हात पारेको छ। नेपालले बुधबार घरेलु टोली रुवान्डालाई २ विकेटले पराजित गरेको हो। दोस्रो जीतपछि नेपालले ३ खेलबाट ४ अंक जोडेको छ। रुवान्डाका लागि यो चार खेलमा दोस्रो हार हो। नेपालको जीतपछि रुवान्डा, नेपाल र इटली समान ४ अंकमा छन्। नेट रनरेटको आधारमा रुवान्डा शीर्ष स्थानमा रहेको छ भने नेपाल दोस्रो र इटली तेस्रो स्थानमा छन्। नेपालका ओपनर सम्झना खड्काले सर्वाधिक ४८ रन बनाइन्। उपकप्तान पुजा महतोले १३ रन र विन्दु रावलले १० रन बनाएका थिए तर अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्। नेपालको सुरु काफी राम्रो रह्यो र केहि बेरमा जितका लागि ४५ बलमा १५ रन मात्र आवश्यक थियो र ९ विकेट सुरक्षित थियो। तर १३औं ओभरको चौथो बलमा सम्झना खड्का आउट भएपछि नेपालले लगातार विकेट गुमायो। सम्झना सहित मध्यक्रममा ७ विकेट गुमाउँदै नेपाल १९ ओभरमा ८६-८ को स्थितिमा पुगेको थियो। त्यसपछि नवौँ नम्बर ब्याट्सम्यान रचना चौधरीले अविजित ९ रन बनाउँदै नेपाललाई जित दिलाइन्। रुवान्डाकी जिओर्भानिस उवासेले ३ विकेट लिए। टस जितेर पहिले ब्याटिङ गरेको रुवान्डाले १९.४ ओभरमा सबै विकेट गुमाएर ८८ रनमा अलआउट भएको थियो। रुवान्डाकी एलिस इकुज्वेले १७ रन बनाइन्। नेपालका रचना चौधरीले ३ विकेट लिए भने कविता कौर र पुजा महतोले २-२ विकेट लिए। सम्झना खड्का प्लेयर अफ दि म्याच घोषित भएकी छिन्। नेपालले आफ्नो चौथो खेल आगामी शुक्रबार भाउटाउससँग खेल्नेछ।