Skip to main content

विश्व बक्सिङ च्याम्पियनसिपमा कांस्य पदक विजेता चन्द्रलाई सम्मान

काठमाडौं महानगरपालिकाले विश्व बक्सिङ च्याम्पियनसिपमा कांस्य पदक विजेता चन्द्रबहादुर थापा मगरलाई १ लाख रुपैयाँ नगदसहित सम्मान गरेको छ। चन्द्रले नोभेम्बरमा युएईको दुबईमा भएको पुरुष ५४ केजी तौलसमूहमा कांस्य पदक प्राप्त गरेका थिए। प्रशिक्षक दीपक महर्जनलाई पनि सम्मान गरिएको थियो र कार्यक्रममा कार्यवाहक मेयर सुनिता डंगोलले उपस्थित भएर सम्मान गरे। ९ वैशाख, काठमाडौं। काठमाडौं महानगरपालिकाले विश्व बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य पदक जितेका चन्द्रबहादुर थापा मगरलाई बुधबार नगदसहित सम्मान गरेको छ। चन्द्रले गत नोभेम्बरमा युएईको दुबईमा सम्पन्न उक्त च्याम्पियनसिपको पुरुष ५४ केजी तौलसमूहमा कांस्य पदक हात पारेका थिए। काठमाडौं महानगरपालिकाले उनलाई १ लाख रुपैयाँ नगदसहित सम्मान पत्रबाट पुरस्कृत गरेको हो। चन्द्रले उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलसम्म स्थान बनाएका थिए। नेपाली बक्सिङ इतिहासमा विश्व च्याम्पियनसिपमा कांस्य पदक जित्न सफल यो पहिलो घटना हो। सोही अवसरमा प्रशिक्षक दीपक महर्जनलाई पनि सम्मान गरिएको थियो। उनीहरूलाई काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोल, महानगर प्रवक्ता नवीन मानन्धर लगायतले एक समारोहमा सम्मान गरे।