Skip to main content

राष्ट्रपतिको अध्यक्षतामा संघीय संसद्को अधिवेशन आह्वान

राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १७ गते बिहीबार दिउँसो २ बजे संघीय संसद्को बैठक आह्वान गर्नुभएको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिसअनुसार दुवै सदनको अधिवेशनका लागि राष्ट्रपति पौडेलले यो आह्वान गर्नुभएको हो। यो अधिवेशन बजेट अधिवेशन समेत रहन्छ। सरकारले आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते संसदमा प्रस्तुत गर्नुपर्नेछ। बजेट प्रस्तुतीकरण अगाडि प्रि-बजेट छलफल गर्ने तालिका पनि तय गरिएको छ।