Skip to main content

खानेपानी डिभिजन कार्यालय बाराका तत्कालीन निमित्त प्रमुख यादवमाथि भ्रष्टाचारको मुद्दा दर्ता

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, कलैया बाराका तत्कालीन निमित्त कार्यालय प्रमुख किशोरीप्रसाद यादवविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादवमाथि १ करोड ४६ लाख ८१ हजार २२५ रुपैयाँ बिगो माग गर्दै गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोप लगाएको छ। आयोगले यादव र उनकी पत्नी निर्मलाकुमारलाई प्रतिवादी बनाएर ३१ असार २०४७ देखि २९ पुस २०८० सम्मको सम्पत्ति र खर्चको स्रोत पुष्टि नभएको उल्लेख गरेको छ। १० वैशाख, काठमाडौं।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, कलैया बाराका तत्कालीन निमित्त कार्यालय प्रमुख किशोरीप्रसाद यादवविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दर्ता गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा यादवमाथि मुद्दा दर्ता गरेको हो। आयोगले यादवको विरुद्ध १ करोड ४६ लाख ८१ हजार २२५ रुपैयाँ बिगो माग गरेको छ। ३१ असार २०४७ मा नियुक्ति भएपछि २९ पुस २०८० सम्मको अवधिलाई अनुसन्धान अवधि मानेर उनले र उनको परिवारका सदस्यहरूले आर्जन गरेको कुल सम्पत्ति ३ करोड ४६ लाख २१ हजार ४०१ रुपैयाँ भन्दा खर्च ४ करोड ९३ लाख २ हजार ६२६ रुपैयाँ गरी १ करोड ४६ लाख ८१ हजार २२५ रुपैयाँ बढी खर्च गरेको आयोगको आरोपपत्रमा उल्लेख छ। आयभन्दा व्यय बढी देखिएको उक्त रकमको स्रोत पुष्टि नभएको कारणले आयोगले यादवसहित उनकी श्रीमती निर्मलाकुमारलाई समेत प्रतिवादी बनाई मुद्दा दर्ता गरेको छ।