
नेपालको महिला कबड्डी टिमले छैटौं एसियन बिच गेम्स २०२६ मा चाइनिज ताइपेईलाई ४८-३२ ले पराजित गर्दै विजयी शुरुवात गरेको छ। नेपालले पहिलो हाफमा २६-१३ र दोस्रो हाफमा २२-१९ को अग्रता कायम गर्दै खेल जितेको हो। १० वैशाख, काठमाडौं। चीनको सान्यमा भइरहेको छैटौं एसियन बिच गेम्स २०२६ मा समूह बी मा रहेको नेपालले बिहीबार चाइनिज ताइपेईलाई पराजित गरेको हो। नेपालले पहिलो हाफमा २६-१३ को अग्रता बनाएको थियो। दोस्रो हाफमा पनि नेपालले सोही लय कायम गर्दै २२-१९ को अग्रता लिएर खेल जितेको छ। नेपालले अब शुक्रबार बंगलादेश र शनिबार थाइल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। छैटौं बिच गेम्समा नेपालबाट महिला कबड्डी र कुस्ती टिम मात्र सहभागी छन्। नेपाली टिमको सेभ दि मिसनमा रामकृष्ण श्रेष्ठ बोस छन्।






