Skip to main content

सुकुमवासी बस्ती खाली गर्ने सरकारको तयारीविरुद्ध प्रदर्शन आयोजना हुँदै

सरकारले भूमिहीन दलित–सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई बस्तीबाट हटाउने निर्णय गरेको छ। यसका विरोधमा वैशाख १० गते बिहान १० बजे थापाथलीदेखि माइतीघर मण्डलसम्म र्‍यालीसम्मत प्रदर्शन आयोजना गरिने भएको छ। प्रधानमन्त्री बालेन शाहले वैशाख ९ गते सुरक्षा निकायका प्रमुखहरूलाई सुकुमवासी बस्ती खाली गराउन निर्देशन दिएका थिए।

भूमिहीन दलित–सुकुमवासी र अव्यवस्थित बसोबासीलाई बस्तीबाट हटाउने सरकारको निर्णयको विरोध स्वरूप र्‍यालीसहित प्रदर्शन गरिने भएको छ। शुक्रवार बिहान १० बजे थापाथली बस्तीबाट शुरु भई माइतीघर मण्डलसम्म र्‍याली तय गरिएको छ। सरकारले थापाथली, शंखमूल, शान्तिनगर र मनोहरा क्षेत्रमा रहेका बस्तीसहितका स्थानहरु खाली गराउन बिहीबार साँझदेखि नै माइकिङ सुरु गरिसकेको छ।

वैशाख १२ गते बिहानदेखि डोजर सञ्चालन गरिने तयारीका खबरहरु रहेको छ। प्रधानमन्त्री बालेन शाहले वैशाख ९ गते सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर सुकुमवासी बस्ती खाली गर्न निर्देशन दिएका थिए। देशभर करिब १२ लाख भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासी बसोबासीहरु रहेका छन्। सुकुमवासी बस्ती खाली गराउने प्रयाससँगै बस्तीका स्थानीयहरु त्रसित भएका छन्।