सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुर अर्थ मन्त्रालयतिर सारिए

१० वैशाख, काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुरलाई अर्थ मन्त्रालयमा सारिएको छ। बिहीबार अर्थमन्त्रीले स्तरीय निर्णयमार्फत उनलाई विभागबाट मन्त्रालयमा स्थानान्तरण गरिएको स्रोतले जानकारी दिएको छ। विवादास्पद व्यवसायी दीपक भट्टसँग सम्बन्धित अनुसन्धान जारी रहेको अवस्थामा महानिर्देशक ठाकुरको मन्त्रालयतर्फ सारिएको विषयलाई गंभीरतापूर्वक हेरिएको छ। अघिल्लो प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा रहेको सरकारको अवधिमा ठाकुरलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको नेतृत्वका लागि नियुक्ति गरिएको थियो।






