Skip to main content

भारतको कदमप्रति नेपालमा १०० रुपैयाँभन्दा बढी मूल्यका सामानमा भन्सार महसुलबारे प्रतिक्रिया

भारत सरकारले नेपालले १०० रुपैयाँभन्दा बढी मूल्यका सामान भारतबाट ल्याउँदा भन्सार लगाउनु अनौपचारिक व्यापार नियन्त्रणको लागि गरिएको कदम भएको बताएको छ। भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नेपाली नागरिकहरूले घरायसी प्रयोजनका लागि ल्याएका सामानमा कुनै अवरोध नहुने आफ्नो बुझाइ बताएका छन्। भारत सरकारले यस विषयमा नेपालसँग निरन्तर संवाद राखिरहेको र नेपाली अधिकारीहरूले विद्यमान व्यवस्था लागू गरेको जानकारी पनि प्रवक्ता जैसवालले दिएका छन्। १० वैशाख, काठमाडौं ।

भारत सरकारले नेपालद्वारा तस्करी नियन्त्रण र अनौपचारिक व्यापार नियन्त्रणको उद्देश्यले १ सय रुपैयाँभन्दा बढी मूल्यका सामान भारतबाट ल्याउँदा भन्सार लगाउने कदम उठाएको बुझिएको छ। बिहीबार आयोजित भारतको विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता रणधीर जैसवालले यस विषयमा जानकारी दिएका हुन्। ‘हामीलाई थाहा छ कि नेपाली अधिकारीहरूले पहिल्यै विद्यमान व्यवस्था कार्यान्वयन गरिरहेका छन्। भारतमा किनिएको १०० नेपाली रुपैयाँभन्दा बढी मूल्यका सामान बोकेर सीमापार आउने यात्रुहरूबाट भन्सार शुल्क लिइएको कुरा ती रिपोर्टहरूमा उल्लेख छ,’ उहाँले भन्नुभयो, ‘हामीले बुझ्ने क्रममा नेपाल सरकारले यो कदम मुख्यत अनौपचारिक व्यापार र तस्करी नियन्त्रणका लागि उठाएको हो।’ तर, आफ्ना घरेलु प्रयोजनका लागि सामान ल्याउने नेपाली नागरिकहरूलाई कुनै अवरोध नहुने आफ्नो बुझाइ पनि प्रवक्ता जैसवालले व्यक्त गरेका छन्। नेपालका अधिकारीहरूले व्यक्तिगत आवश्यकताका लागि घरेलु सामान बोकेर आउने सर्वसाधारणलाई अवरोध नगर्ने विषय आफूलाई जानकारीमा रहेको उहाँले उल्लेख गर्नुभयो। यस विषयमा भारत सरकारले निरन्तर संवादमा रहेको कुरा पनि उहाँले बताएका छन्।