Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

महानिरीक्षक कार्कीले प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा पुन: स्वामित्वमा कायम रहनुमा कृतज्ञता व्यक्त गरे

Advertisement800×200-1

११ वैशाख, काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा पुन: प्रतिष्ठानकै स्वामित्वमा रहने निर्णयप्रति सरकारप्रति कृतज्ञता व्यक्त गरेका छन्। २१ भदौ २०७५ को मन्त्रिपरिषद् बैठकले प्रतिष्ठानको ११४ रोपनी ३ आना जग्गा राष्ट्रपति कार्यालयमा हस्तान्तरण गर्ने निर्णय गरेको थियो। तर, बिहीबारको मन्त्रिपरिषद् बैठकले महाराजगञ्जस्थित शीतल निवास नजिकको प्रहरी एकेडेमीको जग्गा राष्ट्रपति कार्यालयलाई दिने निर्णय उल्ट्याएको छ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त निर्णयलाई नेपाल प्रहरी संगठनका लागि अत्यन्त महत्वपूर्ण र ऐतिहासिक उपलब्धि भएको बताएका छन्। सरकारले १० वैशाखमा प्रतिष्ठानको ११४ रोपनी ३ आना क्षेत्रफलको जग्गा पुन: पूर्ववत् प्रतिष्ठानकै स्वामित्वमा रहने निर्णय गरेको थियो। ‘नेपाल सरकारको निर्णय नेपाल प्रहरी संगठनका लागि अत्यन्त महत्वपूर्ण र ऐतिहासिक उपलब्धि हो,’ महानिरीक्षक कार्कीले फेसबुकमा लेखेका छन्, ‘यस निर्णयले नेपाल प्रहरीको संस्थागत सुदृढीकरण, दीर्घकालीन भौतिक पूर्वाधार विकास तथा व्यावसायिक दक्षता अभिवृद्धिमा दूरगामी सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।’ उनले आगामी दिनहरूमा पनि नेपाल प्रहरीले संस्थागत सुदृढीकरण, पेशागत क्षमता तथा मनोबल अभिवृद्धि एवं प्रभावकारी सेवा प्रवाहका लागि सरकारबाट निरन्तर अभिभावकत्व प्राप्त गर्ने अपेक्षा व्यक्त गरेका छन्।


Advertisementadv-800×200.png

सम्बन्धित खबर