
रामेछापको लिखु गाउँपालिका–५ का ३३ वर्षीय प्रेम तामाङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ। प्रेम तामाङले २१ असोज २०७७ मा भक्तपुर चाँगुनारायण नगरपालिका–८ मा ६५ वर्षीय चन्द्रबहादुर योन्जनलाई खुकुरी प्रहार गरी हत्या गरेका थिए। हत्यापछि उनले सामान समेत चोरी गरी लगेको प्रहरीले बताएको छ। २० भदौ २०७८ मा जन्मकैद फैसला पाएका प्रेम तामाङ जेनजी आन्दोलनको क्रममा सुन्धारा कारागारबाट फरार भएका थिए। अहिले उनलाई मित्रपार्कबाट पक्राउ गरिएको छ। अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीका अनुसार उनलाई पुनः सुन्धारा कारागार पठाइएको छ।






