
नेपालले छैटौं एसियन बीच गेम्स २०२६ अन्तर्गत महिला कबड्डीमा लगातार दोस्रो जित हासिल गरेको छ। समूह बी अन्तर्गत शनिबार बिहान सम्पन्न खेलमा नेपालले थाइल्यान्डलाई ४९-३३ को फराकिलो अन्तरले पराजित गरेको छ। पहिलो हाफमा नेपालले २३-१५ को ठूलो अग्रता लिएको थियो। दोस्रो हाफमा पनि निरन्तरता दिँदै नेपालले २६-१८ को अग्रता बनाउँदै खेल जितेको हो। यसअघि नेपालले चाइनिज ताइपेईलाई पराजित गरेको थियो।
शुक्रबार नेपाल र बंगलादेशबीचको खेल वर्षाका कारण रोकिएको थियो। उक्त खेल अब आइतबार हुने छ भनी नेपाली टोलीका सेफ दि मिन रामकृष्ण श्रेष्ठले जानकारी दिएका छन्। श्रेष्ठका अनुसार, आइतबारको खेलपछि समूह विजेताको निर्णय हुनेछ र सोही दिन सेमिफाइनल पनि खेलिनेछ। सेमिफाइनलमा पुगेपछि नेपालले कम्तीमा कांस्य पदक निश्चित गर्ने पनि उनले दिएका छन्। छैटौं एसियन बीच गेम्समा नेपालबाट महिला कबड्डी र कुस्तीका टोली मात्र सहभागि रहेका छन्।






