Skip to main content

कबड्डीमा अपराजित नेपाल सेमिफाइनलमा श्रीलंकासँग भिड्ने

नेपालले छैटौं एसियन बीच गेम्स २०२६ अन्तर्गत कबड्डी समूह बी मा बंगलादेशलाई ३८-३६ ले पराजित गरेको छ। यस जितसँगै नेपाल समूह बी मा अपराजित रहँदै सेमिफाइनल खेल्न पुगेको छ र फाइनल प्रवेशका लागि श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। नेपालले समूह चरणमा चाइनिज ताइपेईलाई ४८-३२ र थाइल्यान्डलाई ४९-३३ ले हराएको थियो। १३ वैशाख, काठमाडौं।

छैटौं एसियन ‘बीच गेम्स’ २०२६ अन्तर्गत कबड्डीको समूह बी अन्तर्गतको अन्तिम खेलमा नेपालले बंगलादेशलाई पराजित गर्दै समूह ‘बी’ को विजेताको रुपमा सेमिफाइनल खेल्ने भएको छ। नेपालले पहिलो हाफमा १९-१७ को अग्रता बनाएको थियो। दोस्रो हाफमा सही अग्रतालाई कायम राख्दै नेपालले जित दर्ता गरेको हो।