Skip to main content

आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा उदायो

आर्सनलले न्युकासल युनाइटेडलाई १-०ले परास्त गर्दै इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ। एबेरेची इजेलोले नवौं मिनेटमा गरेको गोलले आर्सनलको जित सुनिश्चित गर्यो। आर्सनल ३४ खेलबाट ७३ अंक जोडेर शीर्ष स्थानमा छ भने म्यान्चेस्टर सिटी ७० अंकसहित दोस्रो स्थानमा रहेको छ। १३ वैशाख, काठमाडौं। आर्सनलले इंग्लिश प्रिमियर लिग फुटबलमा शीर्ष स्थान कब्जा गरेको छ। गएराति भएको खेलमा न्युकासल युनाइटेडलाई १-०ले परास्त गर्दै आर्सनलले शीर्ष स्थानमा सिम्ला गरेको छ। आर्सनलको जितमा एबेरेची इजेलोले नवौं मिनेटमा गरेको गोल निर्णायक सावित भयो। न्युकासलले पनि गोल गर्ने केही मौका पाएको भए तापनि गोल गर्न सकेन। यस जितसँगै आर्सनलले ३४ खेलबाट ७३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीले एक खेल कम खेलेर ७० अंक जोडेको छ। पराजित न्युकासल ४२ अंकसहित १४औं स्थानमा छ। गएराति सम्पन्न अन्य खेलहरूमा, खराब अवस्थामा रहेको टोटनहम हटस्परले वुभ्ल्सलाई पराजित गरेको छ भने वेस्ट ह्यामले एभर्टनलाई २-१ले हराएको छ।