Skip to main content

सिरहामा सीमा क्षेत्रबाट ३ लाख बराबरको सामान बरामद

१५ वैशाख, सिरहा । सशस्त्र प्रहरीले सिरहा नगरपालिका-१७ पटेर्वास्थित नेपाल-भारत सीमा क्षेत्रमा करिब तीन लाख रुपैयाँ बराबरको सामग्री बरामद गरेको छ। सशस्त्र प्रहरी बल नं. ७ गण अन्तर्गत सीमा सुरक्षा गुल्म मुख्यालय माडरबाट खटिएको टोलीले नेपालबाट भारततर्फ र भारतबाट नेपालतर्फ अवैध रूपमा ओसारपसार गर्दै आएका सामान नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरीका अनुसार २ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको स. ८ प १२३४ नम्बरको नेपाली मोटरसाइकल, २० हजार रुपैयाँ मूल्यको मदिरा र २५ हजार २८५ रुपैयाँ मूल्यका विभिन्न पेय पदार्थसहितका सामग्री बरामद गरिएको छ। बरामद सामग्रीलाई आवश्यक प्रक्रिया पूरा गरी भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल सिरहाका एसपी सुमनजंग थापाले बताए। भारतबाट १०० सय रुपैयाँभन्दा बढी मूल्यको सामान ल्याउँदा अनिवार्य भन्सार लाग्ने व्यवस्था भएपछि सशस्त्र प्रहरीले सीमानाकामा कडाइ गरेको छ।