
दार्चुलामा प्रहरीले पशुपन्छी हत्या सम्बन्धी अभियोगमा तेज लुहार र लोकेन्द्र भुललाई पक्राउ गरेको छ। महाकाली नगरपालिका वडा–४ की एक महिलाको गाई हराएको थियो र उनीहरूलाई लास्कुखोलामा मासु काटिरहेको अवस्थामै फेला पारिएको थियो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विक्रम शाहीले घटनाबारे विस्तृत अनुसन्धान भइरहेको बताएका छन्।
१५ वैशाख, धनगढी। दार्चुलामा अनुसन्धानका लागि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। महाकाली नगरपालिका वडा–१ को लास्कुखोलाबाट तेज लुहार र लोकेन्द्र भुललाई आइतबार पक्राउ गरिएको बताएका छन्। प्रहरी निरीक्षक विक्रम शाहीका अनुसार उनीहरूलाई पशुपन्छी हत्या सम्बन्धी अभियोगमा पक्राउ गरी अनुसन्धान भइरहेको छ।
उनकाअनुसार, महाकाली नगरपालिका–४ की एक महिलाको गाई हराएको थियो। दुवै जनालाई लास्कुखोलामा मासु काटिरहेको अवस्थामा फेला पाएपछि सोही गाई काटेको हुनसक्ने आशंकामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






