
नेपाली महिला क्रिकेट टोली आईसीसी महिला च्यालेन्ज ट्रफीको उपाधि जित्ने दौडबाट बाहिरिएको छ। बिहीबार सम्पन्न पहिलो खेलमा अमेरिकाले इटालीलाई हराउँदै उपाधि पक्का गरेको छ। नेपालले भानुआतुसँग र अमेरिकासँग पराजय भोग्नुपर्दा ६ खेलमा मात्र ६ अंक जोड्न सफल भएको छ।
अमेरिकाले इटालीले दिएको १०० रनको लक्ष्य १७औं ओभरमा पुरा गर्दै उपाधि जित्ने निश्चित गरेको छ। प्रतियोगितामा नेपाल हाल भानुआतुसँग खेलिरहेको छ र त्यसपछि इटालीसँग खेल्न बाँकी छ। यी दुवै खेल जिते पनि नेपाललाई उपाधि पक्का गर्न पर्याप्त हुनेछैन। ६ खेलमा ६ अंक जोडेको नेपालले दुवै खेल जिते पनि कुल १० अंक मात्र हुनेछ।
अमेरिकाले ७ खेलमा १२ अंक संकलन गरिसकेको छ। प्रतियोगितामा नेपालले अमेरिकासँग दुवै खेलमा हार भोगेको छ भने भानुआतुसँगको खेलमा पनि पराजित भएको थियो। त्यस्तै, रुवान्डासँगको दुवै खेल जित्दा इटालीसँगको खेल जित्न सफल भएको थियो।






