Skip to main content

तिलिचो तालमा सम्पन्न कुस्ती ‘वर्ल्ड बुक अफ रेकर्ड्स’ मा समावेश

नेपाल महिला कुस्ती फाउन्डेसनले मनाङको तिलिचो तालमा आयोजना गरेको कुस्ती प्रतियोगितालाई लन्डनस्थित वर्ल्ड बुक अफ रेकर्ड्समा समावेश गरेको छ। यो प्रतियोगिता ४ हजार ९ सय १९ मिटर उचाइमा अवस्थित तिलिचो तालमा नोभेम्बर २६ मा सम्पन्न भएको थियो। प्रतियोगितामा नेपालका भगवती खड्का र अस्मिता सुनारले अमेरिकी रेस्लर क्यामिल लिगनलाई हराएका थिए। पूर्व उपसभामुख इन्दिरा रानाले भगवती र अस्मितालाई प्रमाणपत्र प्रदान गर्नुभएको छ।

नेपाल महिला कुस्ती फाउन्डेसनले विश्वकै अग्लो स्थानमा कुस्ती प्रतियोगिता आयोजना गर्दै कीर्तिमान बनाउन खोजिरहेको छ। यस फाउन्डेसनले सोलुखुम्बुको खुम्बु गाउँपालिकामा ५ हजार ६ सय ३३ मिटर उचाइको कालापत्थरमा पनि मैत्रीपूर्ण कुस्ती प्रतियोगिता आयोजना गरिसकेको छ। एभरेष्ट दिवसको अवसरमा भएको सो प्रतियोगितामा भगवतीले अमेरिकी रेस्लर डानियल मोरिसनलाई पराजित गरेकी थिइन् भने अस्मिताले निर्णायकको भूमिका निर्वाह गरेकी थिइन्।