Skip to main content

सरकारले सञ्चालन गरेको डोजरपछि नागरिकहरूमा त्रास, घरहरूमा टाँसियो जग्गाधनी प्रमाणपत्र

समाचार सारांश सरकारले सुकुम्वासी व्यवस्थापनका लागि विभिन्न बस्तीहरूमा डोजर परिचालन गरिरहेको छ। तर, सुकुम्वासीको पहिचान नगरी नदी किनारका जोसुकैका घरहरू तोड्न थालिएपछि नागरिकहरू आतंकित भएका छन्। धोबीखोला क्षेत्रमा डोजर चलाइएपछि बासिन्दाहरूले आफ्नो घरका पर्खालहरूमा जग्गाधनी प्रमाणपत्र टाँसेका छन्। १९ वैशाख, काठमाडौं। सरकारले सुकुम्वासी व्यवस्थापनका लागि बस्तीहरूमा डोजर परिचालन गरेको छ। सुकुम्वासीको पहिचान बिना जथाभावी रूपमा बस्तीहरूमा डोजर चलाइएपछि आलोचना तीव्र भएको छ। चिन्न नपाएको सुकुम्वासीको नियन्त्रण बिना नदी किनारमा रहेका जोसुकैका घरहरू भत्काउन थालिएपछि नागरिकहरूमा त्रास व्याप्त भएको छ। विशेष गरी नदी किनारमा रहेका घरधनीहरूले आफ्नो घरका पर्खालहरूमा जग्गाधनी प्रमाणपत्र टाँसेर सुरक्षित गर्ने प्रयास गरेका छन्। बस्ती उठाउने कार्य निरन्तरता दिँदै आज धोबीखोला क्षेत्र विशेषमा डोजर परिचालन गरिएको छ। डोजर आउने सूचना पाएपछि यहाँका बासिन्दाहरूले घरका पर्खालमा जग्गाधनी प्रमाणपत्र झुण्डाएका छन्। आज धोबीखोलाको रुद्रमती मन्दिर नजिकैको क्षेत्रमा डोजरबाट बस्ती ध्वस्त गर्ने काम भएको छ। तस्वीर : केशव सावद