Skip to main content

दीपेन्द्रसिंह ऐरी १२ स्थान माथि उक्लिंदा ओडीआई अलराउन्डर वरियतामा सुधार

नेपाली ओडीआई क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरी आईसीसी ओडीआई अलराउन्डर वरियतामा १२ स्थान माथि उक्लिएका छन्। आईसीसीले मंगलबारसम्मको अपडेट राखी बुधबार जारी गरेको नयाँ वरियता अनुसार दीपेन्द्र १२ स्थान माथि उक्लिँदै ३१औं स्थानमा पुगेका हुन्। उनको रेटिङ अंक १४८ पुगेको छ।

घरेलु मैदानमा भएको लिग २ शृंखलामा दीपेन्द्रले ४ खेलमा २ अर्धशतक र १ शतक प्रहार गर्दै ४ विकेट लिएका थिए। उनले यूएईसँगको पहिलो खेलमा ७५ रन बनाएका थिए भने १ विकेट पनि लिए। ओमानसँगको खेलमा ६० रन बनाउँदै २ विकेट पनि लिए। यूएईसँगको दोस्रो खेलमा उनले शतक बनाए। ओमानसँगको दोस्रो खेलमा भने ३३ रन बनाएर १ विकेट पनि लिए।

हालको वरियतामा भने यूएईसँग भएको खेलसम्मको हिसाब गरिएको छ। टी-२०आई अलराउन्डरको वरियतामा दीपेन्द्र चौथो स्थानमै यथावत् रहेका छन्।