
७ जेठ, काठमाडौं । १८ वर्षीय एक अस्ट्रेलियन किशोरीले विश्वकै सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेको छ। किशोरी आरोही बियान्का एडलरले सगरमाथा आरोहण गरेको जानकारी नेपाल पिक एड्भेन्चरले दिएको छ। उनका अनुसार बियान्का सगरमाथाको चुचुरोमा पुग्ने सबैभन्दा कान्छी अस्ट्रेलियन हुन्। गत वर्ष उनी डेथ जोन (अत्यन्त जोखिमयुक्त उचाइ क्षेत्र) सम्म पुगेर चुचुरोबाट ४०० मिटर तल फर्किएकी थिइन्। तर यसपटक उनी सफलतापूर्वक आरोहण गरेको नेपाल पिक एड्भेन्चरले जनाएको छ।

