Skip to main content

उत्तर प्रदेशमा निर्माणाधीन पुल भत्किँदा ६ जनाको मृत्यु

भारतको उत्तर प्रदेशको हमीरपुर जिल्लामा निर्माणाधीन पुल भत्किँदा ६ जना कामदारको मृत्यु भएको छ। बिहीबार राति निर्माणकार्य भइरहेका बेला पुल खस्दा ती कामदारहरूको ज्यान गएको हो। मृतकमध्ये दुई जनाको सम्बन्ध हमीरपुर जिल्लाबाट र चार जनाको बान्दा जिल्लाबाट रहेको छ।

दुर्घटनामा घाइते भएका तीन कामदारलाई उद्धार गरी उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ। यस घटनापछि पुल निर्माणको गुणस्तर र सुरक्षा मापदण्ड सम्बन्धमा प्रश्न उठिरहेका छन्। जिल्ला प्रशासन र लोक निर्माण विभागका अधिकारीहरूले घटनास्थलको निरीक्षण गरी घटनाको अनुसन्धानका लागि आदेश दिएका छन्।

बिहीबार राति उत्तर प्रदेशका विभिन्न भागमा तीव्र आँधी, बर्षा र चट्याङ परेको थियो। मौसम विभागले खराब मौसमको पूर्वानुमान भन्दै सतर्कता अपनाउन भनिएको थियो।