
बम आक्रमणबाट ध्वस्त भएका भवनहरूको अवशेषमा बसेर बाजा बजाउने यी लेबननी संगीतकार महदी साहेलीले लेबननको राजधानी बेरुतमा इजरायली आक्रमणबाट ध्वस्त भएका भवनका अवशेषमाथि बसेर ‘चेलो’ बाजा वादन गर्दैछन्। संगीतको माध्यमबाट उनले युद्धले भोगिरहेका बेरुतलाई पुनः आफ्नो पुरानै अवस्थामा फर्काउन सकिने सन्देश दिन खोजिरहेका छन्।
इरानसँगको तनावपछि अमेरिका र इजरायलले युद्ध सुरु गरेपछि, इजरायली सेनाले लेबननस्थित लडाकु समूह हिज्बुल्लाहलाई लक्षित गरेर सैन्य कारबाही सुरु गरेको छ। इजरायली हवाई आक्रमणमा परेर लेबननमा १,००० भन्दा बढी मानिसहरूको ज्यान गएको लेबननी अधिकारीहरूले जनाएका छन्।
साहेलीले पश्चिमी परम्परागत वाद्ययन्त्र ‘चेलो’ को अध्ययन गरेका छन्। उनी सर्वसाधारणको लागि संगीत सिर्जना गर्न रुचाउँछन्। बीबीसीसँग कुरा गर्दै उनले भने, “बेरुत कठिन अवस्थामा हुँदा सडकमा ‘चेलो’ बजाएर मानिसहरूमा आशा र एकता ल्याउन सकिन्छ र हामी सबै मानव जातिको भावना पुनः जागृत हुन्छ।”






