क्यानडामा जारी फिफा विश्वकप–२०२६ खेलमा अस्ट्रेलियाले टर्कीविरुद्ध प्रारम्भिक अग्रता बनाएको छ। २७ औं मिनेटमा अस्ट्रेलियाका नेस्टोरी इरानकुन्डाले टर्कीका तीन डिफेन्डरलाई पार गर्दै गोल गराएका छन्। ३१ जेठ, काठमाडौं। फिफा विश्वकप–२०२६ अन्तर्गतको खेलमा अस्ट्रेलियाले टर्कीविरुद्ध सुरुवाती अग्रता लिएको छ। क्यानडाको बिसी प्लेस, भ्यानकुभर स्टेडियममा जारी खेलको २७औं मिनेटमा अस्ट्रेलियाका लागि नेस्टोरी इरानकुन्डाको गोलले महत्वपूर्ण अग्रता दिलाएको छ। उनले टर्कीका तीन डिफेन्डरलाई पार गर्दै गोल गर्न सफल भएका छन्।

