Skip to main content

फिफा विश्वकप २०२६ को नकआउट चरणको समिकरण पूरा भयाे

फिफा विश्वकप २०२६ को ऐतिहासिक समूह चरणका सबै खेलहरू सकिएसँगै नकआउट चरण अर्थात् ‘राउन्ड अफ ३२’ को सम्पूर्ण समिकरण पूरा भएको छ। विश्व फुटबलको इतिहासमा पहिलो पटक ४८ टोली सहभागी भएको यस महाकुम्भमा समूह चरणबाट उत्कृष्ट ३२ राष्ट्रले नकआउटमा आफ्नो स्थान सुरक्षित गरेका छन्। राउन्ड अफ ३२ अन्तर्गत अर्जेन्टिनाले केप भर्डेसँग र ब्राजिलले जापानसँग प्रतिस्पर्धा गर्नेछन्।

समूह चरणका नतिजाहरू अनुसार समूह ए बाट मेक्सिको र दक्षिण अफ्रिकाले उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष दुई स्थान कब्जा गरे। समूह बी बाट सह-आयोजक क्यानडा र कतारले उत्कृष्ट पुनरागमन गर्दै अर्को चरणको टिकट काटे। समूह सी मा ब्राजिल समूह विजेता बनेको छ भने मोरक्को दोस्रो स्थानमा रहँदै नकआउटमा प्रवेश गर्यो।

समूह डी बाट अमेरिका समूह विजेता र अस्ट्रेलिया उपविजेता बनेर नकआउटमा प्रवेश गरे। समूह ई बाट जर्मनी र आइभरी कोस्ट शीर्ष २ टोलीका रूपमा अघि बढे। राउन्ड अफ ३२ को पहिलो खेलमा दक्षिण अफ्रिका र क्यानडा भिड्नेछन्। खेल सोमबार बिहान १२:४५ बजे सुरु हुनेछ।