‘उस्तै मात्रामा चुरोट सेवन गर्ने महिला र पुरुषमा भिन्न जोखिम: महिलालाई बढी खतरनाक’
धूमपान स्वास्थ्यका लागि हानिकारक छ भन्ने कुरा सबैलाई थाहा छ। तर के धूमपानले पुरुष भन्दा महिलामा बढी असर गर्छ? क्यान्सर रोग विशेषज्ञ डा. रश्मि पुनका अनुसार मुख्यतया शरीरको बनावट, हर्मोन र वंशाणुगत कारणहरूले गर्दा धूमपानले महिलामा पुरुषभन्दा बढी नकारात्मक प्रभाव पार्छ।
विश्व स्वास्थ्य संगठनको सन् २०२५ को तथ्याङ्क अनुसार, विश्वभर क्यान्सरका कारण हुने कुल मृत्युदरको २५% सुर्तीजन्य पदार्थसँग सम्बन्धित छ, जसमा फोक्सो क्यान्सर मुख्य कारण हो। धूमपानले महिलामा किन बढी असर गर्छ भन्ने कुराको विस्तृत विवरण सृजना श्रेष्ठले तयार पारेको यस भिडिओमा हेर्न सकिन्छ।

