दोलखाको शैलुङ गाउँपालिकामा ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा २७ वर्षीय श्रीकृष्ण कार्कीलाई पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी सन्तोष कुमार खड्काका अनुसार, कार्कीलाई सोमबार नियन्त्रणमा लिइएको हो।
उजुरी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय दोलखाबाट खटिएको विशेष टोलीले कार्कीलाई पक्राउ गरेको थियो। अदालतले कार्कीमाथि थप अनुसन्धानका लागि तीन दिनको म्याद थप गरेको छ। घटनाबारे कानुनी प्रक्रिया अघि बढाइएको र थप अनुसन्धान भइरहेको खड्काले जानकारी दिएका छन्।






