युक्रेनमा राष्ट्रपति जेलेन्स्कीविरुद्ध प्रदर्शन, रक्षामन्त्री फेडोरोभको बर्खास्तगीपछि तनाव

युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रक्षामन्त्री मिखाइलो फेडोरोभलाई पदबाट हटाएपछि नागरिक समाज र सांसदहरूले कडा विरोध प्रकट गरेका छन्। राजधानी किएभमा प्रदर्शनकारीहरूले ‘फेडोरोभबाट टाढै रहो’ र ‘जितमा बाधा पुर्याउन बन्द गर!’ भन्दै जोरदार नाराबाजी गरेका छन्।
राष्ट्रपति जेलेन्स्कीले रक्षामन्त्रीमा मेजर–जनरल येभेनी खमारालाई कार्यवाहक रूपमा नियुक्त गर्ने प्रस्ताव अघि सारेका छन्। १ साउन, काठमाडौं। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रक्षामन्त्री मिखाइलो फेडोरोभलाई अचानक पदबाट हटाएका छन्। यस निर्णयको नागरिक समाज र संसदका सदस्यहरूले कडा विरोध गरेका छन्।
बिहीबार बिहान राजधानी किएभ र अन्य सहरहरूमा युवाहरू जम्मा भएर प्रदर्शनमा उत्रिएका छन्। प्रदर्शनकारीहरूले ‘फेडोरोभबाट टाढै रहो’ र ‘जितमा बाधा पुर्याउन बन्द गर !’ लेखिएका पोस्टरहरू बोकेका थिए। उनीहरूले ‘लाज मान !’ भन्दै विरोध प्रदर्शन पनि गरे।
राष्ट्रपति जेलेन्स्कीले सुरक्षा सेवा (एसबियु) का कार्यवाहक प्रमुख मेजर–जनरल येभेनी खमारालाई कार्यवाहक रक्षामन्त्री बनाउने प्रस्ताव गरेका छन्। जेलेन्स्कीले खमाराको बचाउ गर्दै भनेका छन् कि उनले प्राविधिक युद्ध अभियानहरूमा व्यापक र धेरै मामिलामा अभूतपूर्व अनुभव हासिल गरेका छन्।






