Skip to main content

लेखक: space4knews

नेपाल निर्वाचन २०८२ प्रतिनिधिसभाः रास्वपा निकै अगाडि देखिएपछि कांग्रेस, एमाले र नेकपाका नेताको प्रतिक्रिया कस्तो


रास्वपाका कार्यकर्ताहरू नेपालको राष्ट्रिय झण्डा र घण्टीअङ्कित पार्टीको नीलो झण्डा फरफराउँदै

तस्बिर स्रोत, EPA/Shutterstock

तस्बिरको क्याप्शन, बालेन्द्र शाह ‘बालेन’लाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर रास्वपा निर्वाचनमा सहभागी भएको हो

निर्वाचन सकिएर फर्कँदै गरेका नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बीबीसीसँग कुरा गर्दै जनमानसमा व्याप्त कांग्रेससहित अन्य दल ‘पुराना’ भन्ने भाष्य अनि ‘नयाँले केही गर्छन् कि’ भन्ने अपेक्षाका कारण निर्वाचनको परिणाम आफूहरूले सोचे जस्तो नआएको बतएका छन्।

नेकपा एमालेका नेता प्रदीप ज्ञवाली चाहिँ अहिलेको मतपरिणाम ‘अनपेक्षित’ रहेको ठान्छन्।

नेपाली कम्युनिस्ट पार्टीका नेता अग्नि सापकोटका अनुसार प्रारम्भिक परिणाम “सोचमग्न पार्ने” खालको छ।

परिणामलाई ‘आत्मसात्’

कास्की क्षेत्र नम्बर ३ मा मतगणनाका निम्ति मतपेटिका बाट मतपत्र खन्याउँदै

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, प्रारम्भिक मतगणनामा रास्वपाले अरू सबै दललाई निकै पछि पारिरहेको छ

निर्वाचन आयोगका अनुसार शुक्रवार अपराह्न ५ बजेसम्म प्रत्यक्षतर्फको १६५ मध्ये १३५ क्षेत्रको मतगणना जारी छ। तीमध्ये ९६ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अग्रपङ्तिमा देखिन्छ।

रास्वपा एक स्थानमा र नेपाली कांग्रेस एक स्थानमा विजयी भइसकेका छन्। नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारले क्रमश: ११ र १० स्थानमा अग्रता लिएका छन्। नेपाली कम्युनिस्ट पार्टी नौ स्थानमा अगाडि छ।





Source link

इरान : नयाँ सर्वोच्च नेतामा चुनिए मोज्तबा खामेनेई, उनीबारे के थाहा छ?


मोज्तबा खामेनेईलाई सर्वोच्च नेता घोषणा गर्दा इरानी टेलिभिजनमा देखाइएको तस्बिर

तस्बिर स्रोत, IRINN

तस्बिरको क्याप्शन, मोज्तबा खामेनेईलाई सर्वोच्च नेता घोषणा गर्दा इरानी टेलिभिजनमा देखाइएको तस्बिर

पढ्ने समय: २ मिनेट

इरानको नयाँ सर्वोच्च नेतामा मोज्तबा खामेनेईको नाम घोषणा गरिएको त्यहाँका सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्।

उनका बुबा आयातोल्लाह अली खामेनेई पछिल्लो अमेरिकी र इजरेली आक्रमणको पहिलो चरणमै तेहरानस्थित निवास परिसरमा मारिएका थिए।

उनको पहिचान रेभोलुसनरी गार्डनिकट रहेका कट्टरपन्थी व्यक्तिको रूपमा छ। जसले गर्दा यस चयनसँगै तेहरान अझै लडाइँका लागि प्रतिबद्ध देखिएको रूपमा हेरिएको छ।

मोज्तबाका तर्फबाट हालसम्म कुनै अभिव्यक्ति आएका छैनन् तर यसअघि नै राष्ट्रपति ट्रम्पले आफ्नो पूर्वस्वीकृति नलिइए नयाँ नेता “धेरै बेर नरहने” चेतावनी दिएका थिए।

अली खामेनेईका छ सन्तानमध्ये मोज्तबा दोस्रो हुन्।





Source link

नेपाल निर्वाचन २०८२ : १६१ स्थानको नतिजाको टुङ्गो, मतगणना ‘अन्तिम चरणमा’ पुग्दा समानुपातिकतर्फ के छ?


रास्वपा समर्थहरू

तस्बिर स्रोत, EPA/Shutterstock

प्रतिनिधिसभाको निर्वाचन सकिएको चौथो दिन सोमवार बिहानसम्ममा १६५ स्थानमा भएका मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैभन्दा धेरै १२४ सीटमा जित हासिल गरेको निर्वाचन आयोगले जनाएको छ।

रास्वपाले सुनिश्चित गरेको उक्त सीट बहुमतका लागि चाहिने १३८ भन्दा १४ सीट मात्र कम हो।

सोमवार बिहान ८ बजेसम्म प्रत्यक्षतर्फका कुल १६५ निर्वाचन क्षेत्रमध्ये १६१ स्थानको टुङ्गो लागेको आयोगको विवरण छ।

यद्यपि समानुपातिक तर्फबाट राष्ट्रिय दल बन्नेहरूमाझ बाँडिने ११० सीटको टुङ्गो हुनै बाँकी छ।

समानुपातिकतर्फ समेत रास्वपा निकै अगाडि देखिएको छ। ७८ लाखभन्दा धेरै मतगणना भइसक्दा उक्त दलले करिब आधा मत पाएको देखिन्छ।





Source link

जेफ्री एप्स्टीन : सन् २०१९ मा पक्राउ पर्नुअघि मोरकोमा दरबार किन्ने प्रयास


दरबारमा कुँदिएका शिल्पहरू

तस्बिर स्रोत, US Department of Justice

तस्बिरको क्याप्शन, पाल्मरेई क्षेत्रमा रहेको बिन अन्नाकील दरबारलाई वास्तुकलाको एक अद्भुत नमुना मानिन्छ

जेफ्री एप्स्टीन आफ्नो पक्राउको अघिल्लो दिन मात्रै मोरकोमा करोडौँ डलर मूल्य पर्ने एउटा दरबार किन्ने प्रयासमा रहेको अमेरिकी न्याय मन्त्रालयले गत महिना सार्वजनिक गरेका दस्ताबेजहरूमा उल्लेख छ।

एप्स्टीनले सन् २०११ बाटै बिन अन्नाकील दरबार किन्ने प्रयास गरेका थिए। तर त्यसका बिक्रेतासँगको मूल्य खरिद सम्झौताबारेको विवाद वर्षौँसम्म लम्बियो।

म्यारकेश नगरको पाल्मरेई क्षेत्रमा रहेको यो दरबारलाई १,३०० जना शिल्पकारले भित्तामा कुँदेका कलाकृतिका कारण वास्तुकलाको एउटा अद्भुत नमुना मानिन्छ।

एप्स्टीनको ‘आशय’

एप्सटीनको मगशट तस्बिर

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, एप्स्टीनले सन् २०११ बाटै बिन अन्नाकील दरबार किन्ने प्रयास गरेका थिए

एप्स्टीनले आफू पक्राउ पर्ने अघिल्लो दिन एक करोड ४९ लाख अमेरिकी डलर बैना पठाउन हस्ताक्षर गरेका थिए। उक्त दरबारको स्वामित्व रहेको तथा कुल दुई करोड १२ लाख अमेरिकी डलर मूल्य कायम भएको एउटा अफशोर कम्पनी खरिदका लागि उनले सम्झौता गरेका थिए।

सार्वजनिक भएका दस्ताबेजअनुसार अमेरिकी अधिकारीहरूले यौन व्यापारको अभियोगमा न्यूयोर्कबाट पक्राउ गर्नुअघि एप्स्टीनको सबैभन्दा पछिल्लो ठूलो आर्थिक कारोबार यही थियो।





Source link

रास्वपा : दुईतिहाइ बहुमत पुगे संविधान संशोधन गर्न कति सहज, कति कठिन


जनकपुरमा आयोजित चुनावी सभामा बालेन शाह र रवि लामिछाने

तस्बिर स्रोत, Reuters

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी वाचापत्र – २०८२ मा संविधान संशोधनलाई प्राथमिकतामा राखिएको छ।

त्यसमा भनिएको छ, “सरकार सम्हालेको तीन महिनाभित्र राष्ट्रिय सहमति कायम गर्ने हेतुले संविधान संशोधनका प्रस्तावहरूबारे बहसपत्र तयार गर्ने छौँ।”

प्रारम्भिक छलफलका निम्ति प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक संसद्, सांसद मन्त्री नहुने व्यवस्था, गैरदलीय स्थानीय सरकार र सुधारिएको प्रादेशिक स्वरूपजस्ता विषय बहसपत्रमा रहने वाचापत्रमा उल्लेख छ।

सरकार बनाउन स्पष्ट बहुमत निश्चित भइसके पनि संविधान संशोधन गर्न आवश्यक दुईतिहाइ बहुमतसम्म पुग्छ कि पुग्दैन भन्ने चासो अहिले जारी समानुपातिक मतगणनामा पुगेर अडिएको छ। यसअघिको सरकारले पनि संविधान संशोधन गर्ने भनेको थियो।

तर कानुनका प्राध्यापक तथा संविधानविद् विपिन अधिकारीका भनाइमा प्रस्तावकको राजनीतिक हैसियत बलियो नभएकाले त्यो सैद्धान्तिक अवधारणा जस्तो मात्र थियो। “अबको सरकार बलियो हैसियतमा आउँछ, त्यसले उक्त प्रक्रियालाई अघि बढाउने अवस्था आउन सक्छ,” उनी भन्छन्।





Source link

नेपाल निर्वाचन २०८२ः रवि-बालेनप्रति प्रकट मतपेटिकाको मोहसँग जोडिएका ती घुम्तीहरू


बालेन शाह र रवि लामिछाने

तस्बिर स्रोत, Kamal Sargam Chaulagain

प्राध्यापक पीताम्बर शर्मालाई यो आम चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राम्रो नतिजा ल्याउँछ भन्ने अनुमान थियो तर उनी भन्छन् “प्रमुख दल, त्यसमा पनि नेपाली कांग्रेसलाई समेत बढारिदेला भन्ने चिताएको थिइनँ।”

रास्वपाले एक्लै स्पष्ट बहुमत प्राप्त गर्नसक्ने हालसम्मको नतिजाको रूझानले दिएको सङ्केततर्फ उनको भनाइ लक्षित थियो।

“त्यसैले स्थापित मुख्य राजनीतिक दलहरूसँग जनता वाक्क दिक्क भइसकेका थिए भन्ने पहिलो सन्देश चुनावले दिएको छ,” राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष शर्मा भन्छन्, “विकल्पमा जनताले रास्वपाप्रति ठूलो आशा र भरोसा प्रकट गरेका छन्।”

विगतभन्दा फरक यो चुनावी सरकारमा प्रमुख दलहरूको उपस्थिति थिएन। तर स्थानीय र प्रदेश सरकारमा उनीहरूकै हालीमुहाली छ। जहाँ रास्वपा छँदै छैन।

विघटित संसद्मा उसको २१ सिट मात्र थियो। तर पनि स्थापना भएको चार वर्ष नबित्दै रास्वपाले कसरी यति ठूलो फड्को मार्‍यो? यसका पछाडि पाँच वटा राजनीतिक घुम्तीहरू जोडिएको विश्लेषण गरिएको छ।





Source link

नेपाल निर्वाचन २०८२: समानुपातिकमा पनि रास्वपाको बलियो लहर, आठ लाख मत गन्दा ५० प्रतिशतभन्दा धेरै पक्षमा


रास्वपाका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ निर्वाचित भएपछि प्रमाणपत्र लिँदै

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, रास्वपाका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ निर्वाचित भएपछि प्रमाणपत्र लिँदै

देशभरि प्रत्यक्षतर्फको मतगणनामा अग्रपङ्तिमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिक तर्फको प्रारम्भिक मतगणनामा पनि अन्य दलको दाँजोमा निकै अगाडि देखिन्छ।

निर्वाचन आयोगले साँझ ८ बजेसम्म राखेको विवरणमा करिब सवा ८ लाख मत गनिसक्दा रास्वपाले सवा ४ लाख पाइसकेको देखिन्छ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १ लाख ४३ हजारभन्दा धेरै अनि त्यसपछि क्रमश: नेकपा एमालेले १ लाख १५ हजारभन्दा धेरै, नेपाली कम्युनिस्ट पार्टीले ५८ हजारभन्दा धेरै र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३० हजारभन्दा धेरै ल्याएको देखिन्छ। श्रम संस्कृति पार्टीले १५ हजारभन्दा बढी मत ल्याएको देखिन्छ जुन दुई प्रतिशतभन्दा अलि कम हो।

कुल १ करोड ८९ लाख मतदाता रहेकोमा देशभरि ५८.०७ प्रतिशत मत खसेको आयोगले हिसाब निकालेको छ। त्यो भनेको करिब १ करोड १० लाख हुन आउँछ।

त्यति सबै मत सोमवारसम्म गनिसिध्याउने आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले बताएका थिए।





Source link

इरान युद्ध: आफूमाथि प्रहार नगरिए छिमेकमा आक्रमण नगर्ने इरानका राष्ट्रपतिको वाचा


इरानका राष्ट्रपति मसूद पेजेस्कियान सरकारी टेलिभिजनमा बोल्दै

तस्बिर स्रोत, IRNA

तस्बिरको क्याप्शन, इरानका राष्ट्रपति पेजेस्कियानले छिमेकमा आक्रमण नगर्ने बताएका छन्

पढ्ने समय: ३ मिनेट

इरानका राष्ट्रपति मसूद पेजेस्कियानले आफ्नो देशविरुद्ध छिमेकी भूमिबाट प्रहार रोकिने हो भने इरानले छिमेकीहरूलाई आक्रमण नगर्ने बताएका छन्।

गत साता छिमेकी देशहरूमा गरिएका आक्रमणप्रति उनले माफी पनि मागेका छन्।

“आक्रमणमा परेका छिमेकी देशहरूसँग माफी माग्न आवश्यक भएको म ठान्छु,” राष्ट्रपति पेजेस्कियानले भने।

“हामी छिमेकी देशहरूमा अतिक्रमण गर्न चाहन्नौँ,” उनले शान्ति स्थापना गर्न क्षेत्रीय सहयोगको आह्वान गरे।

सरकारी टेलिभिजनमा सम्बोधन गर्दै राष्ट्रपति पेजेस्कियानले इरानले प्रतिरोध गर्ने भन्दै ‘इरानी जनतालाई घुँडा टेकाउने दुस्मनको इच्छा पूरा नहुने’ बताए।





Source link

नेपाल निर्वाचन २०८२: यसपालिको संसद्‌मा हुने छैनन् संसदीय राजनीतिका यी चर्चित अनुहार


केपी ओली, माधव नेपाल, शेरबहादुर देउवा, बावुराम भट्टराई र झलनाथ खनालको कोलाज तस्बिर

तस्बिर स्रोत, BBC/Getty/RSS/FB

पटकपटक प्रधानमन्त्री बनेका र नेपालमा बहुदलीय प्रजातन्त्र पुनर्स्थापना भएयता अधिकांश निर्वाचनमा सांसद बनेका कैयौँ नेताहरू यो पटक प्रतिनिधिसभामा नदेखिने भएका छन्।

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड यो पटक संसद्‌मा पुग्ने एक जना मात्रै पूर्वप्रधानमन्त्री हुने छन्।

उनी बाहेक यो निर्वाचनमा कैयौँ पूर्वप्रधानमन्त्रीदेखि पार्टीका प्रमुख र चर्चित नेताहरू कि त पराजित भइसकेका छन् कि दोस्रो वा तेस्रो स्थानमा प्रतिस्पर्धा गरिरहेका छन्।

केपी शर्मा ओली

केपी शर्मा ओली

तस्बिर स्रोत, RSS

विसं २०७० साल पछिका निर्वाचनमा फराकिलो मतान्तर सहित झापा ५ बाट निर्वाचित हुँदै आएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली यो निर्वाचनमा पराजित हुने निश्चित देखिएको छ।

यो क्षेत्रमा गणना हुन बाँकी मत भन्दा ओलीका प्रतिस्पर्धी उम्मेदवारसँगको अन्तर बढी छ।





Source link

नेपाल निर्वाचन २०८२ : झापा ५ मा रास्वपाका नेता बालेन शाहको जित, केपी शर्मा ओली दोस्रो स्थानमा


निर्वाचित भएको प्रमाणपत्र लिँदै बालेन्द्र शाह बालेन

तस्बिर स्रोत, Nepal Photo Library

पढ्ने समय: ४ मिनेट

झापा क्षेत्र नम्बर ५ मा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गर्दै काठमाण्डू महानगरका पूर्वमेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ प्रतिनिधिसभा सदस्य चुनिएका छन्।

अन्तिम मतपरिणामअनुसार बालेनले ६८,३४८ मत ल्याएका छन् भने ओली १८,७३४ मतमा सीमित भएका छन्। उनीहरूबीच मतान्तर ४९,६१४ रहेको छ।

दुवैलाई आआफ्ना पार्टीले प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै चुनावी अभियान गरेका थिए।

विसं २०७९ को स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा काठमाण्डू महानगर प्रमुखमा शाह निर्वाचित हुँदा पनि उनले तात्कालिक ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारलाई उल्लेख्य मतान्तरले पछि पारेका थिए।

ओलीका लागि भने संसदीय निर्वाचनमा यो दोस्रो पराजय हो। उनी विसं २०६४ को संविधानसभा निर्वाचनमा तात्कालिक झापा क्षेत्र नम्बर ७ बाट नेकपा माओवादीका उम्मेदवारसँग पराजित भएका थिए।





Source link

बालेन शाह : चुनाव जितेको प्रमाणपत्र लिन रास्वपा नेता मतगणनास्थल पुग्दा जे देखियो


बालेन्द्र शाह बालेन समर्थकहरूलाई अभिवादन गर्दै

तस्बिर स्रोत, Reuters

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई करिब ५० हजारको मतान्तरमा पराजित गरेपछि विजयी भएपछि बालेन्द्र शाह ‘बालेन’ शनिवार साँझ दमकस्थित निर्वाचन कार्याल पुग्नुअघि नै बाहिर सडकमा समर्थकहरूको भिड थामिनसक्नु थियो।

कडा सुरक्षाबीच बालेन त्यहाँ पुग्दा समर्थकहरूले उनको पक्षमा नारा लगाउँदै नाचगान गरिरहेका देखिन्थे। त्यहाँ युवा समर्थकहरू निकै हर्षित मुद्रामा घण्टी बजाउदै नाचगान गदै “अबकी बार, बालेन सरकार” भन्ने नारा घन्काउँदै थिए।

स्वदेशी र विदेशी सञ्चारकर्मीहरूको बाक्लो घेरा झल्दै उनी मतगणना कक्षमा प्रवेश गरेका थिए।

गत फागुन २१ गतेको चुनावमा सबैभन्दा चर्चामा रहेको थियो झापा क्षेत्र नम्बर ५। कारण थियो चार पटक प्रधानमन्त्री बनिसकेका एमाले ओली र काठमाण्डूका निवर्तमान मेअर शाहको चुनावी प्रतिष्पर्धा।

उम्मेदवारी दर्तादेखि शनिबार अपराह्नसम्म अन्तिम मतगणना सकिँदासम्म पनि उक्त क्षेत्र त्यतिकै चर्चामा रह्यो।





Source link

बालेन शाह : जितले ल्याएको आशा र निम्त्याएको संशय


बालेन शाह

तस्बिर स्रोत, Reuters

    • Author, विनिता दाहाल
    • Role, बीबीसी न्यूज नेपाली
  • पढ्ने समय: ५ मिनेट

भावी प्रधानमन्त्रीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीले अघि सारेका वरिष्ठ नेता बालेन शाह झापा ५ बाट अत्यधिक मतसहित विजयी बनेका छन्।

उनले ६८,३४८ ल्याउँदा प्रतिस्पर्धी रहेका पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले १८,७३४ मत ल्याएका छन्।

योसँगै अहिलेसम्म सर्वाधिक मत ल्याउने उम्मेदवार पनि ३६ वर्षे शाह नै बनेका छन्।

यसअघिको स्थानीय तहको चुनावमा काठमाण्डूबाट स्वतन्त्र उम्मेदवारका रूपमा मेअर निर्वाचित भएका उनी गत पुसमा राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका थिए।

अहिलेसम्म निर्वाचन आयोगको पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी दुई तिहाइ बहुमतनजिक पुग्ने देखिएको छ।





Source link

क्रिकेट टी २० विश्वकप: फाइनल भिडन्तबारे के भन्छन् नेपाली खेलाडी


भारतका सञ्जु सामसन

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, भारतका सञ्जु सामसनले जारी विश्वकपमा विस्फोटक ब्याटिङ् गर्दै आएका छन्

    • Author, निरञ्जन राजवंशी
    • Role, बीबीसी न्यूज नेपाली
  • पढ्ने समय: ४ मिनेट

भारतको लागि जारी टी-२० विश्वकपको फाइनल सम्मको यात्रा कागजमा कोरिएको योजना सर्लक्क मैदानमा उतारिए जस्तै सफल बनिरहेको देखिएको छ।

आफ्नै घरमा प्रतियोगिताको आयोजना गर्दा भारत सामु दुई प्रमुख चुनौती थिए। पहिलो डिफेन्डिङ च्याम्पियनको हैसियतमा उपाधि जोगाउने र अर्को घरेलु दर्शकलाई सन्तुष्ट पार्दै टी-२० शैलीको खेल पस्किने।

साथै, रोहित शर्मा र विराट कोहलीको युग समाप्त भएर नयाँ स्वरूप लिएको टोलीलाई स्थापित गर्ने महत्त्वपूर्ण अवसर पनि घरमै भइरहेको विश्वकप प्रतियोगिताले दिएको थियो।

यो योजना टोली फाइनलसम्म पुग्दा सफल देखिएको छ।

अब आइतवार हुने उपाधि भिडन्तमा भारतले न्यूजील्यान्ड विरुद्धको अन्तिम खड्गो पार गर्नुपर्ने छ।





Source link

बालेनप्रति उनका मतदाताको अपेक्षा



झापामा आफ्ना परम्परागत उम्मेदवार केपी ओलीका विरुद्ध रास्वपाका बालेनलाई अत्यधिक मतले जिताएकै दिन त्यहाँका मतदाताले भ्रष्टाचार नियन्त्रण र स्वदेशमै बस्ने वातावरण बनाइदिन माग गरेका छन्।



Source link

कार्की आयोग: प्रतिवेदन सार्वजनिक गर्ने प्रधानमन्त्रीको भनाइ


प्रतिवेदन बुझ्दै आयोग

तस्बिर स्रोत, PMO

गत भदौमा भएको जेन जी आन्दोलनमा भएका घटनाक्रम र सरकारी पक्षबाट भएको भनिएको दमनबारे छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा गठित जाँचबुझ आयोगले आइतवार प्रधानमन्त्रीलाई आफ्नो प्रतिवेदन बुझाएको छ।

आयोगका पदाधिकारीहरूले सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्दै उक्त प्रतिवेदन बुझाएका हुन्।

९०० भन्दा बढी पृष्ठको प्रतिवेदन बुझाएको बताउँदै पत्रकारहरूसँग बोल्ने क्रममा आयोगका प्रवक्ता विज्ञानराज शर्माले “जसले गल्ती गरेको छ, त्यसलाई कारबाहीको सिफारिस गरेको” भनेर प्रतिक्रिया दिएका छन्।

उनले सुरुबाटै “केही सुरक्षा कमजोरी” भएको कुरा प्रतिवेदनमा उल्लेख रहेको समेत बताए।

प्रधानमन्त्री सुशीला कार्कीले आयोगको प्रतिवेदन बुझेपछि त्यसको “निचोड आफ्नै सरकारले सार्वजनिक गर्ने” बताएको उनका प्रेस सल्लाहकार रामबहादुर रावलले बीबीसीलाई बताए।





Source link