Skip to main content

लेखक: space4knews

क्रूरताको यो हद, गंगबुमा कुकुरलाई यातना दिएर जिउँदै गाडियो

जीवनशैली प्रमुख क्रूरताको यो हद, गंगबुमा कुकुरलाई यातना दिएर जिउँदै गाडियो

अवोध पशुप्राणीमाथि हदसम्म क्रुरता हुन्छ ? गंगबुको घटनाले बताउँछ ।

घटना, गत शनिबारको हो ।

काठमाडौं महानगरपालिका–२६ बसपार्क नजिक भाडामा बस्ने ललित राना, राधिका श्रेष्ठ र रुपा ढुंगेलसहित चार जनाले कुकुरलाई बाँधेर घरभित्र पुर्‍याउँछन् । तिनीहरूले घाँटीमा बाँधेको कुकुरलाई निर्ममतासाथ कुटपिट गर्छन् । सख्त घाइते कुकुरलाई खाल्डोमा खनेर पुरिदिन्छन् ।

कुकुरलाई कुटीकुटी मारेर जिउँदै पुरेको यो घटनाको भिडियो अहिले सामाजिक देखिन्छ । कुकुरमाथि कुटपिट गरेको भिडियो बाहिरिएपछि उद्धारकर्मीहरू त्यस घरमा पुगेका थिए । घरको कम्पाउन्डभित्रै कुकुर पुरिएको अवस्थामा फेला परेको उनीहरूले बताए ।

‘कुकुरलाई बाँधेर कुट्दै जिउँदै पुरिएको रहेछ’ विश्वराम कार्कीले भने, ‘किन यसो गरिएको भनी सोधीखोजी गर्दा कुनै जवाफ पाइएनँ ।’

उजुरीपछि कुकुर मार्नेहरू समातिए

कार्कीका अनुसार घटनाबारे उजुरी दिएपछि नेपाल प्रहरी अन्तर्गतको नयाँबजार प्रहरी चौकीले तीन जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरूमा ललिता राना, राधिका श्रेष्ठ र रुपा ढुंगेल रहेका छन् भने घरधनी जगन्नाथ श्रेष्ठ भने घटनापछि सम्पर्कमा नआएको बताइएको छ ।

हाल पक्राउ परेकाहरूलाई प्रहरी चौकीमै राखिएको र आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ । पशु अधिकारकर्मीहरूले भने घटनामा संलग्न सबैलाई कडा कानुनी कारबाही गर्न माग गरेका छन् ।

कुकुर मार्नेलाई के हुन्छ कानुनी सजाय ?

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २७ मा पशुपक्षी सम्बन्धी कसुरको व्यवस्था छ । संहिताको दफा २९० मा ‘कसैले कुनै पशुपक्षीलाई कुटी, हिर्काइ वा बोक्न सक्ने क्षमताभन्दा बढी भारी बोकाइ तथा सामर्थ्य भन्दा बढी दौडाइ वा रोग, घाउ, खटिरा वा अन्य कुनै कारणबाट काम गर्न असमर्थ भएकालाई काममा लगाई वा हानिकारक वस्तु सेवन गराई वा अन्य कुनै प्रकारले यातना दिन वा आफूले पालेको पशुपंक्षी रोगी वा वृद्ध भएका कारणले सार्वजनिक रूपमा छाड्न वा अन्य कुनै किसिमबाट निर्दयी वा क्रूर व्यवहार गर्न नहुने’ उल्लेख छ ।

उक्त कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । संहिताको दफा २८९ मा त्यस्ता पशु मारेमा तीन वर्षसम्म कैदको व्यवस्था छ । अंगभंग गराएमा ६ महिनासम्म कैद हुन्छ । रोगी तथा वृद्ध पशुहरुलाई सार्वजनिक स्थानमा छाड्न नहुने र यस्तो कार्य गरेमा तीन महिना कैद र पाँच हजार जरिवानाको व्यवस्था छ ।

#ResultWithOK View All Results
चुनावी नतिजा २०८२

LIVE

चर्चित उम्मेदवार पार्टी उम्मेदवार हट सिट

पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results…

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५

`; return `

${iconHtml}${partyName}

${leadingCount > 0 ? leadingCount : ‘-‘}
${winnerCount > 0 ? winnerCount : ‘-‘}
${totalSeat > 0 ? totalSeat : ‘-‘}
${formatNumber(samanupatikVote)} (${totalSamanupatik > 0 ? formatPercent(samanupatikVotePct) : ‘-‘})

`; }).join(”); const totalRowHtml = `

जम्मा

${totalLeading > 0 ? totalLeading : ‘-‘}
${totalWin > 0 ? totalWin : ‘-‘}
${totalSeat > 0 ? totalSeat : ‘-‘}
${formatNumber(totalSamanupatik)}

`; tbody.innerHTML = `${partyRowsHtml}${totalRowHtml}`; renderRows(); } function bindPartyRowNavigation() { const tbody = document.getElementById(‘okel-election-results-body’); if (!tbody || tbody.dataset.partyRowNavBound === ‘1’) { return; } tbody.addEventListener(‘click’, (event) => { const row = event.target.closest(‘tr.okel-party-row-clickable[data-party-url]’); if (!row) { return; } const rowUrl = row.getAttribute(‘data-party-url’) || ”; if (rowUrl !== ” && rowUrl !== ‘#’) { window.location.href = rowUrl; } }); tbody.addEventListener(‘keydown’, (event) => { if (event.key !== ‘Enter’ && event.key !== ‘ ‘) { return; } const row = event.target.closest(‘tr.okel-party-row-clickable[data-party-url]’); if (!row) { return; } event.preventDefault(); const rowUrl = row.getAttribute(‘data-party-url’) || ”; if (rowUrl !== ” && rowUrl !== ‘#’) { window.location.href = rowUrl; } }); tbody.dataset.partyRowNavBound = ‘1’; } async function fetchElectionResultsTable() { const tbody = document.getElementById(‘okel-election-results-body’); const endpoint=”https://election..com/wp-json/okelapi/v1/2082/home/election-results?limit=7″; try { const response = await fetch(endpoint, { method: ‘GET’, credentials: ‘same-origin’, headers: { Accept: ‘application/json’ } }); if (!response.ok) { throw new Error(`Request failed with status ${response.status}`); } const payload = await response.json(); const partyResults = payload?.data?.party_results || []; const totalData = payload?.data?.total || {}; renderElectionResultsTable(partyResults, totalData); } catch (error) { if (tbody) { tbody.innerHTML = ‘

Unable to load election results right now.

‘; } console.error(‘Failed to load election results:’, error); } } function renderDonut(svgId, legId, segs) { const svg = document.getElementById(svgId); const leg = document.getElementById(legId); if (!svg || !leg) { return; } const cx = 124, cy = 132, R = 110, ri = 72; const tot = segs.reduce((s, d) => s + d.value, 0); let ang = Math.PI, html=””; segs.forEach(seg => { const sw = (seg.value / tot) * Math.PI, a2 = ang + sw, lg = sw > Math.PI ? 1 : 0; const x1 = cx + R * Math.cos(ang), y1 = cy + R * Math.sin(ang), x2 = cx + R * Math.cos(a2), y2 = cy + R * Math.sin(a2); const ix1 = cx + ri * Math.cos(ang), iy1 = cy + ri * Math.sin(ang), ix2 = cx + ri * Math.cos(a2), iy2 = cy + ri * Math.sin(a2); const d = `M${f(x1)},${f(y1)} A${R},${R} 0 ${lg},1 ${f(x2)},${f(y2)} L${f(ix2)},${f(iy2)} A${ri},${ri} 0 ${lg},0 ${f(ix1)},${f(iy1)} Z`; html += “; ang = a2; }); svg.innerHTML = html; leg.innerHTML = [segs.slice(0, 3), segs.slice(3)].map(row => `

${row.map(s=>`

${s.label}

`).join(”)}

` ).join(”); } function f(v) { return v.toFixed(2); } const tipEl = document.getElementById(‘okel-tip’); function tipShow(el, e) { el.style.opacity = ‘.7’; tipEl.innerHTML = `${el.dataset.label}: ${el.dataset.val} सिट`; tipEl.style.opacity = ‘1’; tipMove(e); } function tipMove(e) { tipEl.style.left = e.clientX + ‘px’; tipEl.style.top = e.clientY + ‘px’; } function tipHide(el) { el.style.opacity = ”; tipEl.style.opacity = ‘0’; } function okelTab(btn) { document.querySelectorAll(‘.okel-tab’).forEach(b => b.classList.remove(‘okel-active’)); btn.classList.add(‘okel-active’); } bindPartyRowNavigation(); fetchElectionResultsTable(); renderDonut(‘okel-svg1’, ‘okel-leg1’, D1); renderDonut(‘okel-svg2’, ‘okel-leg2’, D2);

आज पनि हावाहुरी चल्ने सम्भावना

काठमाडौं । नेपालका केही स्थानमा आज पनि हावाहुरी चल्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आज अपराह्नपछि हावाहुरी चल्ने उल्लेख गरेको छ ।

विभागका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित हल्का वर्षाको सम्भावना छ ।

हिजो पनि विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र असिना सहित वर्षा भएको थियो भने हावाहुरीसमेत चलेको थियो ।

अघिल्लो हावाहुरीले केही क्षेत्रमा भौतिक र मानवीय क्षति पुर्‍याएको छ । उदयपुरको कटारी–५ स्थित राधाकृष्ण मन्दिर नजिकै टिनको छाना र काठले बनेको खाजा घरमाथि हावाले रुख ढाल्दा बीरेन्द्र चौधरी र कटारी–८ मा मिनामाया तामाङको मृत्यु भएको छ ।

केही जिल्लामा बिजुलीका पोलहरू ढलेर विद्युत् सेवा अवरुद्ध भएका छन् ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

त्रिभुवन विमानस्थलमा आगलागी नियन्त्र अभ्यास –


३ चैत, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान फायर फाइटिङ (आगलागी नियन्त्र) सम्बन्धी अभ्यास गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको आयोजनामा अभ्यास गरिएको हो । दुर्घटनाका बेला हुने सम्भावित क्षति न्यूनीकरण गर्न भन्दै प्राधिकरणले हरेक वर्ष यस्ता अभ्यास गर्दै आएको छ ।

हरेक ठूला विमानस्थलमा यस्तो अभ्यास नियमित रुपमा हुने गर्छ । यस्तो अभ्यास अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनले समेत अनिवार्य गरेको हुन्छ ।

इरानी आक्रमणको चेतावनीपछि बन्द रहेको यूएईको हवाई क्षेत्र खुल्यो

एमिरेट्सको विमान

तस्बिर स्रोत, Getty Images

पढ्ने समय: ३ मिनेट

इरानबाट क्षेप्यास्त्र र ड्रोन हमलाको चेतावनीपछि बन्द रहेको संयुक्त अरब एमिरेट्स यूएईको हवाई क्षेत्र आंशिक खुलेको छ।

त्यसअघि यूएईको नागरिक उड्डयन मन्त्रालय र देशका रक्षामन्त्रीले निश्चित अवधिका लागि हवाई क्षेत्र बन्द गरिएको बताएका थिए।

यसअघि सोमवार पनि बन्द गरिएको हवाई क्षेत्र खुला भएर इतिहाद र एमिरेट्स वायुसेवाले केही उडान सुरु गरेको केही समयपछि पुन: हवाई क्षेत्र बन्द गरिएको थियो।

समाचार संस्था रोएटर्सले यूएईको सरकारी सञ्चार माध्यमलाई उद्धृत गर्दै बन्द गरिएको हवाई क्षेत्र खुला भएको बताएको छ।

हवाई क्षेत्र खुला भएसँगै देशको आकाशमा विमानहरूको आवतजावत साधारण अवस्थामा फर्किएको नागरिक उड्डयनले जनाएको छ।

जय ट्रफीको फाइनल आजदेखि, आर्मी र पुलिस उपाधिका लागि खेल्दै

News Summary

  • जय ट्रफी एलाइट कपको फाइनल आजदेखि मुलपानी क्रिकेट मैदानमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच सुरु हुँदैछ।
  • फाइनल तीनदिवसीय हुनेछ । यसअघि लिग चरणको खेल दुई दिनको भएको थियो ।
  • लिग चरणमा आर्मीले पुलिसलाई ९ विकेटले पराजित गरेको थियो ।

३ चैत, काठमाडौं । जय ट्रफी एलाइट कपको फाइनल खेल आजदेखि सुरु हुँदैछ ।

दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।

खेल मुलपानी क्रिकेट मैदान (माथिल्लो) मा बिहान साढे ९ बजे सुरु हुनेछ । फाइनल खेल तीनदिवसीय हुनेछ । यसअघि लिग चरणको खेल दुई दिनको भएको थियो ।

चार टोलीले प्रतिस्पर्धा गरेको जय ट्रफीमा सिंगल राउण्ड रोविनको खेलपछि आर्मी र पुलिस शीर्ष दुईमा रहँदै फाइनल पुगेका हुन् ।

लिग चणमा आर्मीले पुलिसलाई ९ विकेटले पराजित गरेको थियो । फाइनलमा पुलिस त्यसको बदला लिने लक्ष्यमा छ ।

जय ट्रफी फाइनलको मिति दोस्रो पटक परिवर्तन भएको हो ।

यसअघि फागुन १७ देखि १९ सम्म फाइनल खेल हुने तय थियो । तर २१ फागुनको निर्वाचन र फागुन २६ देखि हुने तय भएको लिग २ सिरिजका लागि जय ट्रफी फाइनल खेल एक महिना पछाडि सार्दै चैत २१ देखि २३ सम्म खेलाइने भएको थियो ।

तर मध्यपूर्व युद्धका कारण लिग २ सिरिज नै स्थगित भएपछि नेपाल क्रिकेट संघ (क्यान) ले जय ट्रफी फाइनल अघि सारेको हो ।

 

 

अमेरिका-इजरेल र इरान युद्ध : इरानीहरूलाई सरकारद्वारा सञ्चालित टेलिभिजनमार्फत युद्धबारे के भनिँदै छ

गाढा रङको सुट लगाएका प्रस्तोताले एक हातले मुख छोपेर रुँदै खामेनेइ मारिएको समाचार वाचन गर्दै

तस्बिर स्रोत, IRTV

तस्बिरको क्याप्शन, आयतोल्लाह अलि खामेनेइको मृत्युको समाचार प्रस्तोताले रुँदै वाचन गरेका थिए

गत २८ फेब्रुअरीका दिन इजरेलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले तानाशाह अब रहेनन् भन्ने सङ्केत मिलेको छ भनेर इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेई अमेरिका र इजरेलको संयुक्त आक्रमणमा मारिएको भन्ने समाचार इरान बाहिर देखिएकै बेला इरानको सरकारी टेलिभिजन हेरिरहेका इरानीहरूले भने त्यस्तो समाचार पाएनन्।

त्यतिबेला इरानी सरकारी अधिकारीहरूले खामेनेईको मृत्युको पुष्टि र इन्कार दुवै गरेनन्। सरकारी ब्रोडकास्टरमध्ये एक आईआरटीभी३ मा प्रस्तोताले दर्शकहरूलाई उनीसँग र सरकारसँग रहेको पछिल्लो जानकारीमाथि विश्वास गर्न आग्रह गर्दै उनले खामेनेईको मृत्युलाई “आधारहीन हल्ला” भने र सत्य “छिटै बाहिर” आउने बताए।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सोसल मिडियामार्फत् सार्वजनिक गरेको घण्टौँपछि इरानी सरकारी मिडियाले खामेनेईको मृत्यु भएको बतायो।

युद्ध सुरु भएयता इरानमा १,२०० भन्दा बढी मानिसहरूको ज्यान गइसकेको छ र यो लेबननदेखि खाडीका अरब देशसम्म पनि फैलिएको छ। इरानी सरकारी सञ्चार माध्यमले भने तथ्यमा कथा मिसाएर आफ्ना घरेलु दर्शकलाई घटनाको औपचारिक जानकारी प्रवाह गरिरहेको पाइएको छ।

दशौँ लाख इरानीले विदेशस्थित फारसी भाषाका स्याटेलाइट टीभी च्यानल हेर्ने भए पनि स्वतन्त्र समाचार पाउन भने मुस्किल छ। इन्टरनेट बन्द, सेन्सरशिप र निश्चित च्यानलमा मात्र पहुँचका कारण इरानीहरू अशान्ति र लडाइँका दौरान बाहिरी दुनियाँबाट बेखबर छन्।

बीबीसीले इरानका सरकारी मिडियाद्वारा प्रेषित गरिएका युद्धका समाचारमध्ये पहिलो हप्तामा के भइरहेको छ भनेर हेरेको थियो। ति मिडियाले ‘सर्वसाधारणले पाएको दुःख, दुश्मनका विरुद्ध बदला र इस्लामिक रिपब्लिकप्रति बफादारी’ लाई आफूले प्रसार गर्ने विषयको केन्द्रमा राखेको पाइयो। त्यसमा सैन्य र सरकारी संरचनामाथि इजरेल र अमेरिकी आक्रमणबारे निकै कम भन्ने गरिएको थियो। हामीले गलत जानकारी प्रवाह भइरहेका उदाहरण पनि भेट्यौँ।

इरानको मिडिया संयन्त्र

मिडिया वाचडग रिपोर्टर्स विदाउट बोर्डर्सका अनुसार इरान प्रेस स्वतन्त्रता दबाउने मुलुकहरूमध्ये एक हो। सन् १९७९ को क्रान्तिपछि जब इस्लामिक रिपब्लिक अफ इरान बन्यो तबदेखि मिडियाले सरकारको कडा नियन्त्रणमा रहेर काम गरिरहेको छ। बीबीसी पर्सियनदेखि पश्चिमा मिडिया संस्थालाई इरानमा काम गर्न प्रतिबन्ध छ।

सरकारको मुख्य समाचार माध्यम टीभी र रेडियो भए पनि समाचार वेबसाइट र इन्स्टाग्राम, टेलिग्राम, एक्स जस्ता सञ्जालमार्फत् अनलाइनमा पनि उपलब्ध छ। तर सामाजिक सञ्जालमा पहुँच पाउन भीपीएन प्रयोग गर्नुपर्छ।

खासगरी इन्टरनेट बन्द गरिएका बेला सरकारका मिडिया संयन्त्र नै देशभित्रका इरानीहरूका लागि समाचारका मुख्य स्रोत हुन्। मानव अधिकारवादी संस्था विटनेसकी मासा अलिमर्दानी भन्छिन् “उनीहरूको सेना असाध्यै मजबुत छ र उनीहरू जितिरहेका छन् भन्ने कुरा फैलाइएको छ।”

इरानी सरकारी मिडियाले इरानी फौजले सयौँ अमेरिकी सेनालाई घाइते बनाएको र मर्नेको सङ्ख्या पनि बढाइ चढाइ गरेर बताएको पाइन्छ।

गत ३ मार्चका दिन तस्निम न्यूजले आईआरजीसीका प्रवक्तालाई उद्धृत गर्दै युद्धको पहिलो दुई दिनमा ६५० जना अमेरिकी सैनिक मारिएका बताएको थियो।

त्यो दाबीलाई भारत, टर्की र नाइजेरियाका समाचार संस्थाहरूले प्रयोग गरेका थिए।

त्यस बेलासम्म पेन्टागनले ६ जना अमेरिकी सैनिक मारिएको जानकारी दिएको थियो र १३ मार्चका दिन अमेरिकी सेन्ट्रल कमान्डले थप अर्को एक जनाको मृत्यु भएको बताएको थियो।

वास्तविकता बङ्ग्याउने

भिडिओको स्क्रीनशट जुन एआई निर्मित थियो त्यसमा एउटा अग्लो भवनमा आगो लागेर धुवाँको मुस्लो उडिरहेको देखाइएको थियो
तस्बिरको क्याप्शन, बाहरेनमा आगोको मुस्लो देखिएको इरानी सरकारी मिडियाले जारी गरेको तस्बिर एआईले बनाएको थियो

नयाँ प्रविधिले पनि सरकारी मिडियाबाट हल्ला फैलाउन मद्दत गरिरहेको छ।

एक फेसबुक पोस्टमा – जुन पछि डिलिट गरिएको थियो, सरकारी अङ्ग्रेजी न्यूज च्यानल पेस टीभीले जलिरहेको एउटा भवनको भिडिओ शेअर गरेको थियो जसमा हावामा धुँवाको मुस्लो उडिरहेको देखिन्थ्यो।

त्यसमा ‘इरानको हमलापछि बाहरेनमा एक अग्लो भवनबाट धुवाँ उडिरहेको’ भन्ने विवरण लेखिएको थियो।

तर ध्यान दिएर हेर्दा अनौठा तथ्यहरू देखिए जस्तो कि दुई कारलाई मिलाएर एक बनाइएको, त्यसले गर्दा भिडिओ नक्कली थियो र एआईको सहयोगमा बनाइएको थियो भन्ने थाहा भयो।

“यूकेको थिङ्क ट्याङ्क इन्टिट्यूट अफ स्ट्र्याटेजिक डाइलगका वरिष्ठ निर्देशक ब्रेट शफर भन्छन्, “युद्धका बेला हल्ला फैलाउन एआईको प्रयोग नयाँ कुरा नभए पनि ठूलो सरकारी मिडियाद्वारा एआईको नक्कली विषयवस्तु प्रयोग गर्नु आश्चर्यजनक कुरा हो। इरानी सरकारी मिडियाले डीपफेक प्रयोग बारम्बार गर्नुले यो उनीहरूको युद्धबारे बताउने तरिका बनेको देखिएको छ।”

एआईबाट बनेका विषयवस्तुको सोसल मिडियामा बाढी नै छ तर त्यो कसले बनायो र कहाँबाट आयो भन्ने स्पष्ट छैन।

युद्ध सुरु भएयता सरकारले आफ्ना भनाइ राख्न एआईका तस्बिर प्रयोग गरेका अन्य उदाहरण पनि बीबीसीले देखेको छ। धेरैजसो तस्बिरहरू अवास्तविक छन् र कसैले दिग्भ्रमित पार्ने भन्दा पनि आफ्नो भनाइलाई बढाइचढाइ गर्नु रहेको देखिन्छ।

ह्वाइट हाउस र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पनि त्यस्तै खाले आफ्ना गतिविधिको बढाइ चढाइ गर्ने तस्बिर र भिडिओहरू नियमित रूपमा प्रयोग गर्ने गरेका छन्।

हालै इजरेली प्रधानमन्त्री बेन्जमिन नेतान्याहुले इन्स्टाग्राममा एआई जेनेरेटेड तस्बिरमा आफू, ट्रम्प र दोस्रो विश्व युद्धका बेला प्रधानमन्त्री रहेका ब्रिटिश राजनीतिज्ञ विन्स्टन चर्चिल रहेको विजयी मुद्रा देखाउने पोस्ट राखेका थिए।

सत्यका अंश पनि

इरानी प्रेस सेन्टरले जारी गरेको यो आकाशबाट खिचिएको स्कूलमा भएको आक्रमणपछि मारिका विद्यार्थीहरूको चिहानस्थल, वरिपरिबाट मानिसहरू हेरिरहेका देखिन्छन्

तस्बिर स्रोत, Iranian Press Center/AFP via Getty Images

तस्बिरको क्याप्शन, इरानी प्रेस सेन्टरले जारी गरेको यो आकाशबाट खिचिएको र एक स्कूलमा भएको आक्रमणपछि मारिएका विद्यार्थीहरूको चिहानस्थल

असत्य समाचारका साथमा केही सत्य अंश पनि घुसाउने इरानी सत्ताका कारण इरानभित्र र बाहिर संशय पैदा भएको छ।

३ मार्चका दिन इरानी सरकारी मिडियाले एक स्कुलमाथि भएको आक्रमणमा १६० बालबालिका र कर्मचारीहरू मारिएको बताए।

स्वतन्त्र विज्ञहरूले त्यसलाई अमेरिकाले नजिकैको सैन्य आधारमाथि गरेको आक्रमण भने।

समाचारमा अन्तिम संस्कारको तस्बिर पनि शेअर गरिएको थियो।

इरानी सरकारका विपक्षीहरूले अन्तिम संस्कारको फोटो एआई जेनेरेटेड हो भने।

तर तस्बिर साँचो थियो। हामीले स्कुलदेखि ३.७ किलोमिटर टाढा रहेको चिहानस्थल फेला पार्‍यौँ । तस्बिरमा देखिएका रुखहरू, सडक र नजिकैको भवन पनि त्यहाँ थिए।

स्याटेलाइट तस्बिरमा एकदिन अघि बाँझो रहेको जमिन र भोलिपल्ट नयाँ खनेको चिहान देखिन्थ्यो ।

विटनेसकी मासा अलिमर्दानी भन्छिन्, “हामीले एउटा समयमा दुई सत्य हेर्नु परेको छ। इरानी सत्ताले धेरैजसो अत्याचारको प्रमाण लुकाउँछ र युद्धका बेलामा उसले सर्वसाधारण मारिएको कुरा भने गहिरो तरिकाले दस्ताबेजीकरण गर्छ।

त्यस्तो दस्ताबेजले राज्यको युद्धको भाष्यलाई सहयोग गर्छ उनी भन्छिन् र त्यो स्वतः झुटो पनि हुँदैन।

इरानको सरकारी रिपोर्टिङको कुरा आउँदा केही “शङ्का” राखेरै बुझ्नुपर्ने अलिमर्दानी बताउँछिन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

बालेन सरकारले मेरिटोक्रेसीको सीमा बुझोस् –

News Summary

  • मधेशी समुदायको युवा नेता बालेन्द्र शाह पहिलो पटक प्रधानमन्त्री बन्ने तयारीमा छन् र उनले नयाँ सरकार गठनमा समावेशिता आवश्यक रहेको बताएका छन्।
  • प्रतिनिधिसभा निर्वाचनमा खस–आर्य समुदायको प्रतिनिधित्व बढ्दै गएको छ भने दलित, आदिवासी जनजाति, मधेशी र थारू समुदायको प्रतिनिधित्व घटिरहेको छ।
  • लेखकले संविधानको धारा ४२ (१) अनुसार समावेशी सरकार निर्माण आवश्यक रहेको र पुरानै असमावेशी संरचना दोहोर्‍याउन नहुने बताएका छन्।

फागुन २१ गते मतदान हुनु दुई साताअघि म सधैं जाने सैलुनमा कपाल काट्न गएको थिएँ। मैले कपाल काट्ने सर्लाहीका भाइलाई सोधें, ‘चुनावमा भोट हाल्न जानुहुन्छ?’ उनले निर्धक्कसँग भने, ‘जान्छु नि! यो चुनावमा भोट नहाले कहिले हाल्नु त? काठमाडौंमा हामीलाई कम्ती हेप्दैनन! मधेशको छोरा प्रधानमन्त्री बन्ने मौका आएको छ, भोट त हाल्नै पर्छ।’

यति मात्र होइन, उनले मसँग बालेन्द्र शाहका लागि भोट समेत मागे। निर्वाचनअघि म मधेशका सबै जिल्ला पुगें। बालेन आफैं मधेशका केही ठाउँमा मात्र पुगे तर, सञ्चारको युगमा मधेशमा नयाँ आशा बोकेर उनी गाउँ–गाउँसम्म पुगिसकेका थिए– ‘अबकी बार, बालेन सरकार’को नारामा!

मैले जति जनासँग कुरा गरें उनीहरूको एकस्वर र स्पष्ट सन्देश थियो। मधेशी समुदायको युवा पहिलो पटक देशको नेतृत्व गर्दैछ, यो अवसर मधेशले दिनुपर्छ। मधेशले नेपालको इतिहासमा कहिल्यै प्रधानमन्त्री पाएको छैन। उनीहरूलाई लाग्यो, यो सही समय हो। यसलाई केवल राजनीतिक लहर भनेर बुझ्नु अपूरो हुन्छ। मधेशमा फैलिएको भावनाको केन्द्रमा एउटा गहिरो आकांक्षा थियो। हाम्रो समुदायबाट पनि देशको नेतृत्व हुन सक्छ। धेरैले भन्न सक्छन् मूल कारण त मधेशमा भयको कुशासन र बेरोजगारीको फल हो तर मुख्य कुरा हाम्रो मान्छे प्रधानमन्त्री हुन्छ भन्ने नै हो। यद्यपि यो नतिजा वर्षौंदेखि स्थापित राजनीतिक पार्टीहरूप्रति जनतामा सञ्चित असन्तोषको यो स्पष्ट अभिव्यक्ति पनि हो। यही जनादेशका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन्द्र शाह (बालेन) अब देशको प्रधानमन्त्री बन्ने तयारीमा छन्। चुनावअघि रास्वपाले बारम्बार दोहोर्‍याएको सन्देश थियो– पुराना दलहरूले देश बिगारे, अब हामी बनाउँछौं। र मतदाताले यही दाबीलाई विश्वास गरे।

तर नयाँ सरकार बनाउँदा एउटा कुरा स्पष्ट हुनुपर्छः नेपालको विविधता सरकारमा झल्किन सक्नुपर्छ। तर नयाँ सरकार गठन हुँदै गर्दा एउटा कुरा स्पष्ट हुनुपर्छ। नेपालको विविधता सरकारमा झल्किनुपर्छ। जनताले ‘यो मेरो पनि सरकार हो’ भन्ने अपनत्व महसुस नगरेसम्म सुशासन र सेवा प्रवाहका नाराहरू खोक्रा सावित हुन्छन्। जसरी मधेशले बालेन शाह प्रति अपनत्व लिए त्यसैगरी अब सरकार निर्माण हुँदै गर्दा सबै नेपालीले अपनत्व लिने सरकार बन्नुपर्दछ।

प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ खस–आर्य समुदायको प्रतिनिधित्व बढ्दै गएको छ भने आदिवासी जनजाति, मधेशी, थारू र दलित समुदायको प्रतिनिधित्व घटिरहेको छ।

आजकल सरकार निर्माणको बहसमा ‘मेरिटोक्रेसी’ अर्थात् योग्यता–आधारित प्रणालीको कुरा धेरै उठिरहेको छ। नि:सन्देह राज्य सञ्चालनमा योग्यता महत्त्वपूर्ण हुन्छ। तर मेरिटोक्रेसीलाई दलित तथा अन्य सीमान्तकृत समुदायलाई राज्य संरचनाबाट बाहिर राख्ने औजार बनाइनुहुँदैन।
हालै सम्पन्न चुनावले पनि सीमान्तकृत समुदायको प्रतिनिधित्वको अवस्थामा सुधार ल्याउन सकेनन्। अधिकांश क्षेत्रमा खस–आर्य समुदायका उम्मेदवारले चुनाव जितेका छन् ? यस्तो अवस्था किन बनेको छ? धेरै मानिसहरू यस सन्दर्भमा ‘मेरिटोक्रेसी’ (योग्यता प्रणाली) को कुरा गर्छन्। म प्रायः उनीहरूलाई सोध्छु ? नेपाललाई संसारकै गरिबमध्येको देश बनाउने जिम्मेवारी कसको हो? अवश्य– यही राज्यका शासकहरूको हो किनभने दलित तथा सीमान्तकृत समुदायले अहिलेसम्म त यो राज्यमा शासन गरेका छैनन्। सधैं खस–आर्य नै सत्तामा रहे। राज्यलाई गरिब र कमजोर बनाउने यही वर्ग अहिले मेरिटोक्रेसीको कुरा व्यापक गरिरहेको छ र उनीहरूले दलित र उत्पीडित जातिहरूको क्षमतामाथि प्रश्न उठाउँछन्।

खस–आर्य सधैं सत्तामा रहे । राज्यलाई गरिब र कमजोर बनाउने यही वर्ग अहिले मेरिटोक्रेसीको कुरा व्यापक गरिरहेको छ र उनीहरूले दलित र उत्पीडित जातिहरूको क्षमतामाथि प्रश्न उठाउँछन् ।

प्राध्यापक डेनियल मार्कोभिट्सको पुस्तक ‘दि मेरिटोक्रेसी ट्र्याप’ (२०१९) ले देखाउँछ कि अत्यधिक प्रतिस्पर्धा र एलिट क्रेडेन्सियलमा आधारित शुद्ध मेरिटोक्रेसीले सामाजिक असमानता बढाउँछ। त्यस्तै, ‘फ्रन्टियर्स इन साइकोलोजी’ (२०१९) मा प्रकाशित एक अध्ययनले मेरिटोक्रेसीको अवधारणाले नै सीमान्तकृत समुदायप्रति नकारात्मक धारणा बलियो बनाउने सम्भावना देखाएको छ।

नेपालको सन्दर्भमा यो समस्या झन् स्पष्ट छ। प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ खस–आर्य समुदायको प्रतिनिधित्व बढ्दै गएको छ भने आदिवासी जनजाति, मधेशी, थारू र दलित समुदायको प्रतिनिधित्व घटिरहेको छ।

२०७४ मा प्रत्यक्षतर्फ निर्वाचितमा ५२.१ प्रतिशत खस–आर्य थिए। २०७९ मा बढेर ५८.२ प्रतिशत पुग्यो भने यस पटक ६०.६ प्रतिशत छ। आदिवासी जनजातिको प्रतिनिधित्व २०७४ मा २१.२ प्रतिशत रहेकोमा अहिले १५.८ प्रतिशत कायम भएको छ। मधेशी १६.० प्रतिशत, थारू ३.०३ प्रतिशत, मुस्लिम २.४२ प्रतिशत र दलित मात्र ०.६१ प्रतिशत (१ जना) छन्।

दलित समुदायको जनसंख्या करिब १३.४ प्रतिशत छ। तर संसद्मा उनीहरूको प्रतिनिधित्व निरन्तर घट्दो छ। २०६४ को संविधानसभामा ५० जना दलित (८.३२ प्रतिशत) थिए। २०७९ मा १५ जना (५.८१ प्रतिशत) मात्र। यस पटक प्रत्यक्षमा एक जना। अब समानुपातिक तर्फबाट रास्वपाबाट करिब ८–९ जना, कांग्रेसबाट ३, एमाले र माओवादीबाट २/२ जना गरी कुल करिब १४–१५ जना दलित सांसद बन्ने सम्भावना छ। जुन जनसंख्याको तुलनामा अत्यन्त न्यून छ।

अब बन्ने संसद् र सरकारले धेरै यस्ता नियम बदल्नुपर्नेछ त्यसका लागि समेत समावेशी सरकारको आवश्यकता पर्दछ।

संविधानको धारा ४२ (१) ले सामाजिक रूपमा पछाडि पारिएका समुदायलाई समावेशी सिद्धान्तका आधारमा राज्यका निकायमा सहभागी गराउने अधिकार सुनिश्चित गरेको छ। तर यसको कार्यान्वयन राजनीतिक इच्छाशक्तिको अभावमा कमजोर बनेको छ।

संविधानले पहिलो प्राथमिकता महिलालाई र त्यसपछि दलितलाई समानुपातिक प्रतिनिधित्व दिने व्यवस्था गरेको छ। महिलाको ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्ने कानून पनि बनेको छ। तर निर्वाचन कानूनमा समानुपातिक प्रतिनिधित्वका लागि खस–आर्य समूहलाई पहिलो क्लस्टर बनाइएको छ। संविधानको भावना उल्लङ्घन गर्दै सबैभन्दा ठूलो प्रतिशत सहित खस–आर्यलाई पहिलो स्थान दिइएको छ। अहिले नेपालमा सामाजिक न्याय कसलाई बढी चाहिएको हो; खस–आर्यलाई कि अन्य समुदायलाई ? यसले कानून बनाउनेहरूको सोच कत्ति परिवर्तन नभएको देखाउँछ। अब बन्ने संसद् र सरकारले धेरै यस्ता नियम बदल्नुपर्नेछ त्यसका लागि समेत समावेशी सरकारको आवश्यकता पर्दछ।

आजको अहम् प्रश्न हो— अबको प्रधानमन्त्री को बन्ने? राष्ट्रपति को बन्ने? प्रतिनिधिसभाको सभामुख को बन्ने? यी सबै प्रश्नको उत्तर एउटै हुन्छ— खस–आर्य पुरुषको नाम। पहिलो पटक नेपालको इतिहासमा मधेशी समुदायको व्यक्ति प्रधानमन्त्रीको रूपमा नाम आएको छ। दलित वा अन्य सीमान्तकृत समुदायको नाम कहिले आउने हो यसै भन्न सकिन्न। यसले के स्पष्ट देखाउँछ भने नेपालका ठूला राजनीतिक दलका ब्राह्मणवादी र पितृसत्तात्मक नेतृत्व नै सामाजिक न्याय प्राप्तिको सबैभन्दा ठूलो बाधा बनेका छन्। समावेशिता दलहरूको घोषणापत्रमा सजिन्छ, तर व्यवहारमा देखिंदैन। यो संविधानको बर्खिलाफ हो, समावेशिताको मर्म विपरीत हो। संविधानले राज्यका हरेक निकायमा समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्नुपर्छ भनेको छ, अर्थात् आदिवासी जनजाति, मधेशी, थारू, दलित, मुस्लिम लगायत सबैको जनसंख्याको अनुपातमा प्रतिनिधित्व गराउनु संवैधानिक दायित्व हो। तर हालै सम्पन्न निर्वाचनको तथ्यांकले भने प्रतिनिधिसभा झन्–झन् असमावेशी बन्दै गएको देखाउँछ।

समावेशिता दलहरूको घोषणापत्रमा सजिन्छ, तर व्यवहारमा देखिंदैन। नेपालका ठूला राजनीतिक दलका ब्राह्मणवादी र पितृसत्तात्मक नेतृत्व नै सामाजिक न्याय प्राप्तिको सबैभन्दा ठूलो बाधा बनेका छन्।

अघिल्लो निर्वाचनमा दलित समुदायबाट प्रत्यक्ष निर्वाचित सांसद एक जना मात्र थिए, यस पटक पनि एक जना मात्र छन्। यो समुदायको जनसंख्या भने करिब १३ प्रतिशत छ। निर्वाचनमा सबै दलले खस–आर्यलाई बढी टिकट दिएका थिए। सबैभन्दा बढी रास्वपाका प्रत्यक्षतर्फका उम्मेदवारमा करिब ६२ प्रतिशत खस–आर्य थिए। रास्वपाले देशव्यापी लहर सहित प्रत्यक्षतर्फ ७६ प्रतिशत सिट जित्दा खस–आर्य समूहबाट जनसंख्याको अनुपातमा दोब्बर नै बढी निर्वाचित भए। यति मात्र होइन जुन समुदायको बढी प्रतिनिधित्व हुन्छ त्यही समुदायलाई समानुपातिकतर्फ पहिलो नम्बरमा राखेर झन् बढी प्रतिनिधित्व सुनिश्चित गरिएको छ। जुन आफैंमा अचम्म लाग्दो कुरा हो। ‘मैले मेरो यो राज्य हो’ भन्नका लागि त मेरो प्रतिनिधित्व हुनुपर्‍यो, म जस्तै मान्छेहरू देखिनुपर्‍यो। तर, त्यस्तो सम्भावना अहिले देखिएको छैन।

अबको सरकारले जनताले वास्तविक देख्ने, भोग्ने र महसुस गर्ने खालको रूपान्तरण, न्याय, सुशासन र समृद्धि दिनुपर्छ। होइन भने यो ‘नयाँ’ सरकार पनि पुरानै संरचनाको नयाँ संस्करण मात्र बन्नेछ। जनादेशको सही अर्थमा कार्यान्वयन गर्न नयाँ सरकारले दलित, जनजाति, मधेशी, महिला र सीमान्तकृत सबैको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्छ। यो नै सच्चा परिवर्तनको सुरुवात हुनेछ।

समावेशी सरकार मात्र लोकतन्त्रको आत्मा हो। नेपालमा लोकतन्त्रको सुदृढीकरण केवल चुनाव जितेर सरकार बनाउने प्रक्रियाले मात्र सम्भव हुँदैन। राज्यका सबै संरचनामा समाजको वास्तविक विविधता देखिनुपर्छ।

अबको सरकारले जनताले वास्तविक देख्ने, भोग्ने र महसुस गर्ने खालको रूपान्तरण, न्याय, सुशासन र समृद्धि दिनुपर्छ। होइन भने यो ‘नयाँ’ सरकार पनि पुरानै संरचनाको नयाँ संस्करण मात्र बन्नेछ।

दलित, आदिवासी जनजाति, मधेशी, थारू, मुस्लिम, महिला, अपाङ्गता भएका व्यक्ति लैङ्गिक अल्पसंख्यक र अन्य सीमान्तकृत समुदायले राज्यमा आफ्नो अनुहार देख्न पाएपछि मात्र उनीहरूलाई यो राज्य ‘मेरो पनि राज्य हो’ भन्ने अनुभूति हुन्छ।
त्यसैले अब बन्ने सरकारले समावेशिता, सामाजिक न्याय र सुशासनलाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ। मेरिटोक्रेसी र समावेशिता एकअर्काका विरोधी होइनन्; बरु सँगसँगै अघि बढ्दा मात्र लोकतन्त्र बलियो हुन्छ।

यदि नयाँ सरकारले पनि पुरानै असमावेशी संरचनालाई दोहोर्‍यायो भने त्यो ‘नयाँ’ सरकार होइन, पुरानै प्रणालीको नयाँ संस्करण मात्र हुनेछ। संविधानको धारा ४२ (१) ले सामाजिक रूपमा पछाडि पारिएका समुदायलाई समावेशी सिद्धान्तका आधारमा राज्यका निकायमा सहभागी गराउने अधिकार सुनिश्चित गरेको छ। समावेशिता दलहरूको घोषणापत्रमा सजिन्छ, तर व्यवहारमा देखिंदैन, जुन संविधानको बर्खिलाफ हो, समावेशिताको मर्म विपरीत हो। समावेशी सरकार निर्माण गर्नु केवल राजनीतिक आवश्यकता मात्र होइन। यो नेपालको संविधानको मर्म र लोकतन्त्रको आधार पनि हो।

समावेशी सरकार निर्माणमा बालेन्द्र शाहलाई शुभकामना !

(लेखक अधिकारीकर्मी हुन्।) 

युद्धग्रस्त देशमा अप्ठेरोमा परेका नेपालीलाई ‘खाँचो हेरेर व्यवस्थापन’, सरकारले अपनाएका उपाय यस्ता

इजरेल र अमेरिकाले आक्रमण गरेपछि इरानले पनि विभिन्न स्थानमा क्षेप्यास्त्र प्रहार गरेको छ

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, इजरेल र अमेरिकाले आक्रमण गरेपछि इरानले पनि विभिन्न देशमा क्षेप्यास्त्र प्रहार गरेको छ

युद्ध प्रभावित पश्चिम एशियाली देशहरूमा समस्यामा परेका नेपालीहरूलाई उनीहरूको आवश्यकता अनुसार व्यवस्थापन गर्ने काम भइरहेको अधिकारीहरूले बताएका छन्। तर हालसम्म कसैलाई पनि हवाईजहाजमार्फत् उद्धार गरेर सरकार आफैँले स्वदेश ल्याउनुपर्ने अवस्था नआएको परराष्ट्र मन्त्रालयका प्रवक्ताले बीबीसीसँग बताए।

मन्त्रिपरिषद्को आइतवारको बैठकले ती देशहरूमा रहेका तथा ट्रान्जिटमा अलपत्र परेका नेपाली नागरिकहरूको तत्काल राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन रियाद, अबुधाबी, दोहा, कुवेत सिटी, मनामा, मस्कट, इस्लामावाद कायरो र तेल अभिभमा रहेका दूतावास तथा जेद्दा र दुबईमा रहेका महावाणिज्य दूतावासहरूमार्फत् आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको छ।

“खाडीभित्र पनि सबै ठाउँको एउटै अवस्था छैन,” मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बीबीसीसँग भने, “त्यहाँको परिस्थिति र ट्रान्जिटमा रहेका नेपालीको अवस्था हेरेर सोबमोजिमको सहयोग गर्ने भन्ने सम्बन्धमा उक्त निर्णय भएको हो।”

केही दिनअघिको तुलनामा उद्धारका लागि सहायता माग्ने नेपालीहरूको सङ्ख्या उल्लेख्य रूपमा घटेको प्रवक्ता क्षेत्रीले बताए।

“पहिले त्यो सङ्ख्या सयौँमा थियो तर अहिले घटेको छ तर एक-एक जनाको सुरक्षाको विषय भएकाले हामीले सोहीअनुसार काम गरिरहेका छौँ,” उनले भने।

यस्तो छ आज विदेशी मुद्राको भाउ

३ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ५८ पैसा र बिक्रीदर १४८ रुपैयाँ १८ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ३४ पैसा र बिक्रीदर १७० रुपैयाँ ०३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको…

समानुपातिकबाट दोहोरिए ५ विधायक –


२ फागुन, काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीबाट पाँच जना पूर्वविधायक प्रतिनिधिसभा सदस्यमा दोहोरिने भएका छन् । उनीहरू हुन्- नेकपा एमालेबाट रामबहादुर थापा ‘बादल’ र पद्मा अर्याल, नेपाली कांग्रेसबाट अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे तथा नेपाली कम्युनिस्ट पार्टीबाट बलावती शर्मा ।

२१ फागुनमा सम्पन्न निर्वाचनमा प्राप्त समानुपातिक मतका आधारमा दलहरूले सिट प्राप्त गरेका छन् । जसअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५७, कांग्रेसले २०, एमालेले १६, नेपाली कम्युनिस्ट पार्टीले ९, श्रम संस्कृति पार्टी र राप्रपाले समानुपातिकतर्फ ४/४ सिट प्राप्त गरेका हुन् । थ्रेसहोल्ड कटाउने ६ वटा पार्टीले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत सांसद बनाउन पाउने भएका हुन् ।

जसअन्तर्गत एमालेबाट पूर्वविधायकद्वय बादल र पद्मा प्रतिनिधिसभा सदस्यमा दोहोरिन लागेका हुन् । बादल पूर्वगृह मन्त्रीसमेत भइसकेका व्यक्ति हुन् भने अर्याल पूर्वमन्त्री ।

२०१२ साल वैशाखमा कडागाउँ गुल्मीमा जन्मिएका बादल पूर्वमाओवादी पृष्ठभूमिका नेता हुन् । २०३७ सालदेखि पार्टीगत राजनीतिमा सक्रिय बादलले तत्कालीन नेकपा माओवादीले २०५२ सालदेखि १० वर्षसम्म सञ्चालन गरेको सशस्त्र युद्धमा प्रचण्डपछिका शक्तिशाली सैन्य कमान्डरको रूपमा जिम्मेवारी सम्हालेका थिए ।

बादल माओवादी शान्ति प्रक्रियामा आएपछि राजकीय जिम्मेवारीमा पुगे । २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा उनी चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट विजयी भए । उक्त निर्वाचनबाट तत्कालीन माओवादी सबैभन्दा ठूलो दल बनेर उदायो ।

चुनावपछि बनेको प्रचण्ड नेतृत्वको पहिलो गणतान्त्रिक सरकारमा बादल रक्षा मन्त्री बने । २०७० को चुनाव बहिष्कार गरे । २०७४ सालमा बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्य भए । केपी शर्मा ओलीको नेतृत्वको सरकारमा गृहमन्त्री बने । २०७९ सालमा कतै उम्मेदवार भएनन् ।

यस पटक एमालेको समानुपातिक सूचीमा जनजाति कलस्टरअन्तर्गत पुरुषतर्फ पहिलो नम्बरमा बसे र संसद छिर्दै छन् । यसरी बादल संसदीय राजनीतिमा तेस्रो पटक विधायक बन्न लागेका हुन् ।

एमालेबाटै विधायकमा दोहोरिएकी पद्मा अर्याल पनि पूर्वमन्त्री हुन् । उनी २०७४ सालमा स्याङ्जा-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन् । त्यसपछि केपी शर्मा ओलीको नेतृत्वको सरकारमा भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री भइन् । उनी मन्त्री हुँदा नेपालको नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको प्रशासनिक नक्सा जारी भएर संविधानमा समावेश गरिएको थियो ।

२०२५ साल पुस १८ गते स्याङ्जामा जन्मिएकी उनी २०३६ सालदेखि कम्युनिस्ट राजनीतिमा सक्रिय छिन् । उनी अखिल नेपाल विद्यार्थी संघ (अनेरास्ववियु), पार्टी जिल्ला कमिटी, अञ्चल कमिटी र केन्द्रीय कमिटी हुँदै राजनीतिमा स्थापित नेतृ हुन् ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि अर्याल स्याङ्जा-२ मै प्रत्यक्षतर्फ उम्मेदवार थिइन् । तर पराजित भइन् । यस पटक एमालेले समानुपातिकतर्फ महिला क्लस्टरअन्तर्गत पहिलो नम्बरमा राखेर प्रतिनिधिसभा सदस्य बनाएको हो ।

नेपाली कम्युनिस्ट पार्टीबाट समानुपातिक सांसद् बलावती शर्मा पनि पूर्वविधायक हुन् । उनी २०६३ सालमा अन्तरिम व्यवस्थापिका सदस्य थिइन् ।

शर्मा पूर्वशिक्षा मन्त्री देवेन्द्र पौडेलकी श्रीमती हुन् । जनयुद्धकालदेखि नै पार्टीमा सक्रिय रहेका उनीहरू माओवादी हुँदै नेकपाको राजनीतिमा छन् । बाग्लुङबाट निर्वाचन लड्दै आएका पौडेल यस पटक निर्वाचन क्षेत्र परिर्वतन गर्दै नवलपरासी-२ बाट प्रत्यक्षतर्फ उम्मेदवार थिए । तर चुनाव जित्न सकेनन् । श्रीमती बलावती भने समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत सांसद बनेकी छिन् ।

नेपाली कांग्रेसबाट समानुपातिकमा परेका अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे पनि यसअघि पटकपटक विधायक भएका नेताहरू हुन् ।

२००४ साल असोज ११ गते नुवाकोटको दुप्चेश्वरमा जन्मिएका केसी २०४८ सालदेखिका सदाबहार विधायक पदका उम्मेदवार हुन् ।

२०४८ र २०५१ मा चुनाव जितेका उनी २०५२ सालमा स्वास्थ्य मन्त्री बनेका थिए । २०५६ सालमा भौतिक योजना तथा निर्माण मन्त्री र शिक्षा मन्त्री भए । २०६३ सालमा प्रतिनिधिसभा पुनर्स्थापना भएपछि शहरी विकास मन्त्री भए ।

२०६४ सालको पहिलो संविधानसभा चुनाव हारेका उनी २०७० मा विजयी भए । २०७४ मा पराजित भए । २०७९ मा जिते । यस पटक समानुपातिकमा बसेर संसद् छिर्न लागेका हुन् ।

भीष्मराज आङ्देम्बे पनि २०५६ देखिकै उम्मेदवार हुन् । २०६५ र २०६४ दुवै निर्वाचनमा पराजय बेहोरे । २०७० सालको दोस्रो संविधानसभा सदस्य भएर काम गरे । २०७४ र २०७९ को चुनावमा हारे । यस पटक समानुपातिकमा बसे ।

‘चुनावी जित र हारको कुरा आफ्नो ठाउँमा छ । मैले संविधानसभा सदस्य भएर काम गरेको छु । राजनीतिमार्फत नेपाली समाजलाई बुझेको छु,’ आङदेम्बे भन्छन्, ‘अब फेरि अवसर पाउँदा देश र जनताको हितमा काम गर्छु ।’

समानुपातिकबाट मात्रै होइन प्रत्यक्षतर्फबट समेत पूर्व विधायकहरू प्रतिनिधिसभा सदस्य बनेका छन् ।

रुकुम पूर्वबाट निर्वाचित नेकपा उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’, रोल्पाबाट निर्वाचित वर्षमान पुन, सर्लाही-४ मा रास्वपाबाट निर्वाचित अमरेशकुमार सिंह विगतमा पटकपटक सांसद भइसकेका छन् । प्रचण्ड त तीन पटक प्रधानमन्त्री नै भए भने पुन पटकपटक मन्त्री भइसकेका व्यक्ति हुन् ।

कांग्रेसका टेकबहादुर गुरुङ पनि दोहोरिएर मनाङबाट निर्वाचित भए । नेपाली कम्युनिस्ट पार्टीबाट निर्वाचितहरूमध्ये धनबहादुर बुढा र महेन्द्रबहादुर शाही पनि दोहोरिएका विधायक हुन् । एमालेबाट निर्वाचित मोहम्मद इश्तियाक राई पनि पटकपटकका विधायक हुन् ।

प्रत्यक्षबाट दोहोरिनेहरू पनि छन्

समानुपातिक निर्वाचन प्रणालीका अलावा प्रत्यक्षबाट दोहोरिने विधायकहरू पनि छन् ।

धनकुटाबाट निर्वाचित एमाले सांसद राजेन्द्रकुमार राई पनि दोहोरिएका विधायक हुन् । उनले २०७४ सालमै  प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर काम गरेका थिए । मुस्ताङबाट अघिल्लो पटक निर्वाचित कांग्रेस सांसद योगेश गौचनले यस पटक पनि चुनाव जिते ।

दोहोरिनेमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ज्ञानेन्द्र शाही पनि छन् । शाहीले २०७९ मा जुम्लाबाट चुनाव जितेका थिए । यस पटक पनि सोही क्षेत्रबाट चुनाव जिते ।

२०७९ मा चुनाव जितेका र यस पटक दोहोरिएकामा रास्वपाबाट मात्रै १२ जना छन् । उनीहरू हुन्- रवि लामिछाने, हरि ढकाल, सोविता गौतम, निशा डाँगी, इन्दिरा राना मगर, मनिष झा, शिशिर खनाल, गणेश पराजुली, विराजभक्त श्रेष्ठ, डीपी अर्याल, डा. स्वर्णिम वाग्ले र डा. तोसिमा कार्की ।

एमालेका सुहाङ नेम्वाङले पनि दोस्रो पटक प्रत्यक्ष चुनाव जिते । पूर्वसभामुख सुवास नेम्वाङको निधनका कारण भएको उपचुनावमा सुहाङ निर्वाचित भएका थिए । यस पटक पनि दोहोरिए ।

२०७९ को चुनावमा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति भएपछि भएको उपचुनावमा निर्वाचित डा. वाग्ले यस पटक पनि दोहोरिएका छन् ।

बडीबिल्डरको संसद् प्रवेश –

News Summary

  • रजनी श्रेष्ठले सन् २०१७ देखि बडीबिल्डिङ खेल्न सुरु गरी राष्ट्रियदेखि विश्वस्तरका प्रतियोगितामा पदक जितेकी छन्।
  • रजनीले सन् २०२३ मा नेपालमै भएको ५५औं एशियन बडीबिल्डिङ च्याम्पियनसिपमा ५५ केजी समूहमा स्वर्ण पदक जितिन्।
  • राष्ट्रिय स्वतन्त्र पार्टीबाट रजनी समानुपातिक सांसद बनेकी हुन् ।

२ चैत, काठमाडौं । कुनै बेला स्वास्थ्य ठीक बनाउन जिम जान थालेकी रजनी श्रेष्ठले विस्तारै आफूलाई बडीबिल्डरको उम्दा खेलाडी बनाइन् । उनले अहिलेसम्म राष्ट्रिय स्तर हुँदै दक्षिण एशियाली, एशियाली र विश्व स्तरका प्रतियोगितामा पदक जितिसकेकी छन् । तीनै विश्वस्तरका खेलमा सहभागी खेलाडी अब संसद्‍मा पनि देखिनेछिन् । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उनी समानुपातिक सांसदको सूचीमा परेकी छन् ।

बडीबिल्डिङमा सामान्यतः पुरुष खेलाडी धेरै हुन्छन् । तर रजनी त्यस्ती पात्र हुन्, जसले नेपालबाट प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय पदक जितेकी छन् ।

रजनीले सन् २०१७ देखि खेल्न सुरु गरेकी हुन् । त्यो बेला महिलाका लागि कुनै क्याटेगोरीबारे नै उनलाई थाहा थिएन । विस्तारै बुझ्दै गइन् । बडीबिल्डिङमा बडीबिल्डिङ मात्र नभएर अरू विधा पनि हुन्छन् । जस्तै– मोडल फिजिक्स, फिजिक्स, स्विम सुट ।

सुरूमा रजनीले महिला फिजिक्स विधामा सहभागिता जनाएकी थिइन् । सन् २०१७ मा मिस्टर काठमाडौंमा सहभागी भइन् । त्यसमा उनी महिलातर्फ फिजिकमा पहिलो भइन् । त्यसपछि उनी आफैंले राम्रो बडी बनाउन युट्युब हेर्न थालिन् । प्रतियोगितामा भाग लिन भने एक वर्ष ग्याप राखिन् ।

सन् २०१९ मा रजनी फेरि स्टेज चढिन् । २०१९ मा सम्पन्न साउथ एशियन गेम्समा प्रतिस्पर्धा गर्दा रजनीको बडी स्ट्रक्चर नै परिवर्तन भइसकेको थियो । उनको शरीर फिजिकबाट बडीबिल्डिङको वेइट क्याटेगोरीमा पुगिसकेको थियो ।

‘२०१९ मा एकै पटक खेल्दा मेरो साइज बढी नै बनाइसकेकी रहेछु । साउथ एशियनमा मैले फिजिकमा खेलेकी थिएँ । जजहरूले तपाईंको जीउ एकदमै राम्रो छ, तर यो फिजिक भन्दा पनि बडीबिल्डिङ भयो भन्नुभयो’ रजनीले अनलाइनखबरको ५० प्रभावशाली महिलाको सूचीमा परेका बेला भनेकी थिइन्,’ फिजिक भन्दा बडीबिल्डिङ खेल्नु भन्नुभयो । म झन् खुशी भएँ । मैले यति मिहिनेत गरिसकेकी रहेछु भन्ने भयो ।’

सन् २०२३ मा नेपालमै भएको ५५औं एशियन बडीबिल्डिङ च्याम्पियनसिपमा उनले आफ्नो फेभरेट विधा ५५ केजी समूहमा नेपालका लागि स्वर्ण जितिन् । यो उनको पहिलो अन्तर्राष्ट्रिय स्वर्ण पदक थियो ।

०००

मोरङकी रजनीले सानै उमेरमा विवाह गरिन् । छोरो जन्मियो । उमेरले तीन दशक हुँदा रजनीको स्वास्थ्यमा समस्या देखियो । घाँटीमा मासुका डल्ला देखिएपछि उनी आत्तिइन् । नेपालदेखि भारतका अस्पतालहरू पुगिन् ।

यस्तो समस्याले दुई वर्ष सतायो । डिप्रेसनकै तहमा पुगिन् । श्रीमान् र छोरा पनि चिन्तित थिए । एक दिन श्रीमान् समिर श्रेष्ठले रजनीलाई जिम जान सल्लाह दिए । जिम र फिटनेसले धेरै रोग निको भएको समिरले बताएपछि रजनी पनि जिम जान तयार भइन् । त्यो बेलासम्म उनलाई जिममा खासै रुचि थिएन । जिमबाट विस्तारै उनको शरीर परिवर्तन हुँदैगयो । रजनी फिट देखिन थालिन् । त्यत्तिकैमा अन्जन शाहीले मिस्टर काठमाडौंमा भाग लिन सुझाव दिए । श्रीमान्‌ले पनि सहमति जनाए । अनि सुरु भयो– रजनीको बडीबिल्डिङ करिअर । त्यसपछि निरन्तर यो क्षेत्रमा लागेकी उनी अहिले राजनीतिक अभियानहरूमा पनि जोडिइन् र रास्वपाले उनलाई समानुपातिक सूचीमा राखेको थियो । रास्वपाले देशभरबाट ठूलो विजय गरेपछि अहिले रजनीका लागि पनि संसद् पुग्ने ढोका खुलेको छ ।

ट्रम्पको धम्कीपछि चीनले के भन्यो ? –


२ चैत, काठमाडौं । इरानले होर्मुज समुन्द्री नाकामा लगाएको नाकाबन्दी खुलाउन पहल नगरे यसै महिना गर्ने भनिएको चीन भ्रमण नगर्ने डोनाल्ड ट्रम्पको धम्कीबारे चिनियाँ पक्षले प्रतिक्रिया दिएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले हालै फाइनानसियल टाइम्सलाई दिएको एक अन्तर्वार्तामा चीनले होर्मुुज नाकाको सुरक्षामा मद्दत नगरे चिनियाँ राष्ट्रपतिसँग हुने बैठक नगर्ने धम्की दिएका थिए ।

जसको प्रतिक्रियामा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले दुई देशका नेताबिच हुने बैठक महत्वपूर्ण रहेको बताएका छन् ।

‘दुई देशका नेताहरूबिच हुने भेटवार्ता जरुरी हुन्छ । यो चीन-अमेरिका सम्बन्धलाई नयाँ दिशा दिनेछ,’ उनले भने, ‘दुवै देशबिच राष्ट्रपति ट्रम्पको यात्रालाई लिएर कुराकानी भइरहेको छ ।’

प्रवक्ता जियानले मध्यपूर्वमा भइरहेको युद्धले व्यापारीक मार्गलाई बिगारेको प्रतिक्रिया दिए । ‘यसले क्षेत्रीय र वैश्विक शान्तिलाई नोक्सान पुर्‍याएको छ । फेरि पनि चीन सबै पक्षसँग अपिल गर्दछ-तुरुन्त सैन्य कारबाही बन्द गर्नुस्,’ उनले भने । चीन तनाव कम गर्नका लागि प्रतिबद्ध रहेको पनि उनले बताए ।

परराष्ट्रमन्त्री शर्माले गरे कुवेतका समकक्षीसँग टेलिफोन संवाद


२ चैत, काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्माले कुवेतका आफ्ना समकक्षी शेख जर्राह जाबेर अल–अहमद अल–सबाहसँग टेलिफोन संवाद गरेका छन् ।

सोमबार साँझ उनीहरूबीच टेलिफोन वार्ता भएको परराष्ट्र मन्त्रायलयले जानकारी गराएको छ ।

पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो परिस्थितिबारे उनीहरूबीच संवाद भएको जनाइएको छ ।

संवादका क्रममा परराष्ट्रमन्त्री शर्माले कुवेत सरकारले विशेषगरी नेपाली समुदायको सुरक्षा सुनिश्चित गर्न गरेको प्रयासको प्रशंसा गरेका थिए ।

वर्ताका क्रममा कुवेती विदेशमन्त्री अल–सबाहले जारी युद्धले अन्तर्राष्ट्रिय क्षेत्रीय कानुन तथा संयुक्त राष्ट्रसंघको मानवीय कानुनको उल्लंघन गरेको टिप्पणी गरे ।

उनले आफ्नो सरकारले कुवेतमा रहेका नेपाली नागरिकको सुरक्षा सुनिश्चित गर्न प्रतिबद्ध रहेको पनि दोहोर्‍याए ।

साथै, क्षेत्रीय तनाव संवादमार्फत शान्तिपूर्ण ढंगले समाधान हुने आशा व्यक्त उनले गरेका छन् ।

संवादका क्रममा दुवै पक्षले संयमता अपनाउने, संवाद र कूटनीतिक पहललाई प्राथमिकता दिने आवश्यकतामा जोड दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

जाँचबुझ आयोगको प्रतिवेदन कसरी हुन्छ कार्यान्वयन ? सिधै मुद्दा चल्छ कि चल्दैन ?

News Summary

  • सरकारले भदौ २३ को जेनजी आन्दोलन दमनबारे जाँचबुझ आयोगको प्रतिवेदन एक साताअघि बुझेर अध्ययन गर्ने निर्णय गरेको छ।
  • जाँचबुझ आयोगले संकलन गरेका तथ्य र प्रमाणका आधारमा मात्र मुद्दा चल्ने कानुनी व्यवस्था नभएकाले नियमित निकायहरूले थप अनुसन्धान गर्नुपर्ने हुन्छ।
  • प्रतिवेदन कार्यान्वयनका लागि पीडितहरूले जाहेरी दिनुपर्ने र त्यसपछि प्रहरीले अनुसन्धान अघि बढाउने वरिष्ठ अधिवक्ता हरिहर दाहालले बताउनुभएको छ।

२ चैत, काठमाडौं । जेनजी आन्दोलनमा भदौ २३ मा भएको दमन र भोलिपल्टको विध्वंशबारे जाँचबुझ गर्न गठन भएको आयोगले एक साताअघि सरकारलाई प्रतिवेदन बुझायो ।

आइतबार मन्त्रिपरिषद्को बैठकले प्रतिवेदन ग्रहण गर्ने र कार्यान्वयनका लागि मन्त्रिपरिषदले अध्ययन गर्ने निर्णय गर्‍यो ।

तर, प्रतिवेदन सार्वजनिक नगरेको भन्दै आइतबारदेखि नै जेनजी आन्दोलनकारीहरू सडकमा छन् । सरकारले अध्ययनको निर्णय मात्रै गरेको प्रतिवेदनको कार्यान्वयन कसरी हुने हो भन्ने अन्याल पनि छ । जाँचबुझ आयोगको प्रतिवेदन, त्यसको कार्यान्वयको प्रक्रिया र जटिलताबारे अनलाइनखबरकर्मी कृष्ण ज्ञवालीले तयार पारेको जिज्ञासा र जवाफ :

जाँचबुझ आयोगको प्रतिवेदन कस्तो खालको हो ?

विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको आयोगले प्रतिवेदन बुझाएको एक सातापछि सरकारले प्रतिवेदन अध्ययन गर्ने निर्णय गरेको छ । अब मन्त्रिपरिषद्ले प्रतिवेदनमाथि अध्ययन गर्नेछ, अनि त्यसको कार्यान्वयन प्रक्रियामा लैजानेछ ।

कतिपयले मन्त्रिपरिषद्बाट जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनको निर्णय हुनासाथ जेनजी आन्दोलनका बेलामा सरकारमा भएका जिम्मेवार राजनीतिक पदाधिकारीहरू धमाधम पक्राउ पर्छन् भन्ने अनुमान गरेका छन् ।

जाँचबुझ आयोगका कामकारबाही तथ्य र विवरण संकलनमा सीमित हुन्छन् । आयोगले संकलन गरेका तथ्य एवं प्रमाणका आधारमा राज्यका अरू निकायहरूले अनुसन्धान र कारबाही अघि बढाउनुपर्ने हुन्छ । आयोगले दिएकै प्रतिवेदनका आधारमा कुनैपनि मुद्दा चल्ने कानुनी व्यवस्था छैन, अहिलेसम्मको अभ्यासमा त्यस्तो भएको पनि देखिँदैन ।

‘जाँचबुझ आयोगले फौजदारी अनुसन्धानलाई पुरा गरेर आफैंै मुद्दा चलाउने अधिकार राख्दैन । उसले सत्यतथ्य पत्ता लगाउने र प्रमाण संकलनसम्म गर्ने हो,’ वरिष्ठ अधिवक्ता राजुप्रसाद चापागाईंले अनलाइनखबरसँगको कुराकानीमा भनेका थिए, ‘आयोगले घटनाको विश्लेषण गरेर निष्कर्ष निकाल्छ । दोषीमाथि अभियोजन गर्न नियमित फौजदारी न्यायप्रणाली सक्रिय हुनुपर्छ । थप अनुसन्धान आवश्यक छ भने त्यो पनि अघि बढाइनुपर्छ ।’

प्रतिवेदनको आधारमा मात्रै दमनमा संलग्नहरूमाथि मुद्दा चल्छ ?

जेनजी आन्दोलन दमनमा भूमिका भएको आरोप खेपिरहेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीदेखि गृहमन्त्री रमेश लेखक, प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ एवं काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल लगायतहरू तत्काल छानबिनको दायरामा आउने कतिपयको अनुमान छ ।

यथार्थमा भने जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेख भएका आधारमा मात्रै कुनै पनि व्यक्तिमाथि धरपकड र फौजदारी कारबाही सुरु हँुदैन । तथ्यांक एवं विवरण संकलन, घटनाको विश्लेषण र कारण पहिचानका लागि यस्ता आयोगहरू बनाइन्छ ।

राज्यका नियमित निकायहरूलाई जिम्मेवारी दिएमा उनीहरूले विस्तृत र गहन रुपमा प्रमाण संकलन र विश्लेषण गर्ने क्षमता राख्न नसकेको अवस्थामा मात्रै जाँचबुझ आयोग गठन गर्ने अभ्यास छ ।

२०४६ सालको जनआन्दोलन दमनको जाँचबुझ गरेको मल्लिक आयोगदेखि २०६३/६३ को जनआन्दोलनको अध्ययन गरेको रायमाझी आयोगले पनि तथ्य एवं विवरणको संकलनमात्रै गरेको थियो ।

जाँचबुझ आयोगहरूले कुनै पनि घटनामा संलग्न व्यक्तिहरूलाई दोषी किटान गर्न सक्दैनन, तर उनीहरूको भूमिका र कार्यशैलीको विश्लेषण गरेर जिम्मेवार ठहर्‍याउदै थप कारबाहीको सिफारिस गर्न सक्छन् ।

त्यस्तो अवस्थामा आयोगको सिफारिस अनुसार कारबाही गर्न नियमित कानुनी प्रक्रिया नै अघि बढाउनुपर्ने हुन्छ ।

सर्वोच्च अदालतले अख्तियारका पूर्वप्रमुख लोकमानसिंह कार्कीको सन्दर्भमा जाँचबुझ आयोगको प्रतिवेदन अर्थहीन बन्न नसक्ने व्याख्या गरेको थियो ।

जाँचबुझ आयोगले दिएको प्रतिवेदन अनुशरण वा लागु गर्न सरकारलाई कानुनी बाध्यता नहुने तर  प्रतिवेदनमा आंैल्याइएका तथ्यहरूप्रति सरकार जवाफदेहीताबाट भाग्न नमिल्ने सर्वोच्चको व्याख्या थियो ।

सर्वोच्चले लोकमानको मुद्दामा भनेको थियो, ‘औपचारिक तवरबाट कानुन बमोजिम गठित आयोगले छानबिन गरी पहिचान गरेको तथ्य र प्रस्तुत गरेको सिफारिसबाट कम्तिमा पनि लक्षित व्यक्ति उपर वैधानिक रुपमा नैतिक प्रश्न खडा हुन पुग्दछ ।’

जाँचबुझ आयोगको प्रतिवेदन सोझै कार्यान्वयन गर्न नमिल्नुको कारण के हो ?

वरिष्ठ अधिवक्ता हरिहर दाहाल, नियमित फौजदारी अनुसन्धान र जाँचबुझ आयोगले गर्ने तथ्य/विवरण संकलनको काम आधारभूत रुपमा फरक हुने बताउँछन् । उनी, कुनैपनि व्यक्तिलाई फौजदारी कसुर (व्यक्तिहत्याको आरोप)मा कारवाही सुरु गर्न सुरुदेखि नै फौजदारी प्रक्रिया अवलम्बन गरिनुपर्ने बताउँछन् ।

‘जाँचबुझ आयोगको काम सोधपुछ र तथ्यविवरण संकलनसम्म हो, त्यसका आधारमा उसले बुझाउने प्रतिवेदन तथ्यहरूको संकलनसम्म हो, आरोपपत्र होइन,’ उनी भन्छन्, ‘त्यसका आधारमा प्रहरीले फौजदारी अनुसन्धान अघि बढाउने हो, प्रतिवेदनकै भरमा मात्रै मुद्दा चल्न सक्दैन ।’

सरकारी मुद्दासम्बन्धी ऐनले नै अनुसन्धानको काम प्रहरीको र मुद्दा चलाउने काम महान्यायाधिवक्ता वा उसले तोकेको सरकारी वकिलको हुने भनी जिम्मेवारी तोकेको छ । त्यो प्रक्रिया छलेर अरु उपायले मुद्दा दायर हुन नसक्ने दाहाल बताउँछन् ।

‘अहिले बुझाइएको प्रतिवेदनका भरमा मात्रै मुद्दा चल्दैन । त्यसैले सरकारले प्रतिवेदन अध्ययन गरेर कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउनुपर्ने हो’, उनी थप्छन्, ‘प्रतिवेदनमा संकलित तथ्य र विवरणका आधारमा प्रहरीले अरु अनुसन्धान गर्नुपर्छ ।’

त्यसो भए, आयोगको प्रतिवेदन कसरी कार्यान्वयन हुन्छ ?

आयोगको प्रतिवेदन अहिलेसम्म सार्वजनिक भएको छैन । र, प्रतिवेदनमा के कस्ता विवरण समावेश छन् भन्ने पनि खुलेको छैन । आयोगले गरेका सिफारिसहरू कार्यान्वयनका लागि सम्बन्धित निकायहरूलाई पठाउने विगतको अभ्यास थियो ।

उदाहरणका लागि, आयोगको प्रतिवेदनमा व्यक्तिहत्याको विषयमा अनुसन्धान गर्नुपर्ने सिफारिस भए सरकारले गृहमन्त्रालय मार्फत त्यसको कार्यान्वयनका लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाउन सक्छ । सार्वजनिक पदमा रहेका कुनै व्यक्तिको सम्पत्ति वा भ्रष्टाचारको विषयमा छानबिन हुनुपर्ने देखेमा सरकारले प्रतिवेदनको त्यो अंश अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउन सक्छ ।

त्यो बाहेक शासकीय सुधार, संरचनात्मक परिवर्तन, सेवा प्रवाहमा चुस्तता जस्ता विषयहरू सरकारले सम्बन्धित निकायमा पठाइदिन सक्छ ।

प्रतिवेदनमा भएका कतिपय विषय तत्काल कार्यान्वयन हुनसक्ने प्रकृतिका हुन्छन् भने कतिपय नीतिगत सुधारपछि सम्बोधन हुनसक्छन् ।

रायमाझी आयोगको प्रतिवेदन कार्यान्वयनका क्रममा त्यतिबेलाका सरकारले प्रतिवेदनहरूलाई विभिन्न सरकारी निकायहरूमा पठाएको थियो ।

मानव अधिकार उल्लंघन, भ्रष्टाचार जस्ता विषयमा प्रतिवेदनको सिफारिस कार्यान्वयन हुन सकेन ।

विगतका जाँचबुझ आयोगको प्रतिवेदन कसरी कार्यान्वयन भएको थियो ?

२०४६ सालको जनआन्दोलनमा भएको दमनमाथि जाँचबुझ गर्न पूर्वन्यायाधीश जनार्दनलाल मल्लिकको नेतृत्वमा आयोग गठन भएको थियो ।

उक्त आयोगले दिएको प्रतिवेदन न सार्वजनिक भयो, न दोषीमाथि कारवाही नै गरियो ।

वरिष्ठ अधिवक्ता हरिहर दाहालको सम्झनामा, बहुदलीय व्यवस्था स्थापना भइसकेको सन्दर्भमा शान्तिसुरक्षा र अमनचयन बिथोलिने आशंकामा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले उदारता देखाए, प्रतिवेदन कार्यान्वयनमा गएन ।

२०६२/६३ को जनआन्दोलनमा भएको दमन जाँचबुझ गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश कृष्णजंग रायमाझीको नेतृत्वमा आयोग गठन भएको थियो ।

उक्त आयोगले जनआन्दोलनमा दमन र मानव अधिकारको उल्लंघन भएको निष्कर्ष सहित प्रतिवेदन बुझाएको थियो ।

त्यतिबेला संविधानसभा निर्वाचन गराउनुपर्ने दायित्व बोकेका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला पनि पूर्वराजा ज्ञानेन्द्र लगायत अरु राजावादीहरूप्रति उदार भए । प्रतिवेदन कार्यान्वयन गर्न तत्कालीन गृहमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा समिति गठन भएको थियो ।

ओली नेतृत्वको समितिले दोषी देखाइएकाहरूलाई कारबाही गर्नु नपर्ने भनी निष्कर्ष निकालेको थियो । राज्यकोषको दुरुपयोग गरेको आरोपमा केहीमाथि कारबाहीका लागि अख्तियारमा समेत प्रतिवेदन पठाइएको थियो । तर अख्तियारले कुनै कारबाही गरेन ।

तर तत्कालीन मुख्यसचिव लोकमानसिंह कार्की उच्च नैतिक चरित्रयुक्त नदेखिनुका विभिन्न आधारमध्ये रायमाझी आयोगको प्रतिवेदन पनि एक हो ।

सर्वोच्च अदालतले जाँचबुझ आयोगले मानव अधिकार उल्लंघनमा दोषी देखाएको व्यक्ति उच्च नैतिक चरित्रयुक्त हुन नसक्ने व्याख्या गरेपछि अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्की पदमुक्त भएका थिए ।

शान्तिपूर्ण आन्दोलनमा भएको दमनसम्बन्धी जाँचबुझ बाहेक अन्य कामका लागि पनि जाँचबुझ आयोगहरू बनेका छन् ।

सर्वोच्च अदालतका पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको नेतृत्वमा गठन भएको सम्पत्ति जाँचबुझ आयोग, २०५८ त्यस्तै अर्को आयोग हो । जसको प्रतिवेदनका आधारमा सूर्यनाथ उपाध्याय नेतृत्वको अख्तियारले कयांैमाथि भ्रष्टाचार मुद्दा चलाएको थियो ।

अब भदौ २३ को घटनामा संलग्नहरूमाथि कसरी कारबाही हुन्छ ?

वरिष्ठ अधिवक्ता हरिहर दाहालको बुझाईमा, निर्वाचनको वातावरण बिथोलिन सक्ने आशंकामा गौरीबहादुर कार्की नेतृत्व आयोगको पदावधि पटकपटक थपिएको हो ।

निर्वाचन सकिएपछि मात्रै सरकारले आफ्नो जिम्मेवारी पुरा भएको ठान्यो र प्रतिवेदन बुझ्यो । दाहाल भन्छन्, ‘अब प्रतिवेदन कार्यान्वयनको जिम्मा सरकारकै हो । यो सरकारको कि आउने सरकारको भन्नेमा अन्यौल नै छ ।’

तर, प्रतिवेदन कार्यान्वयन प्रक्रिया अघि बढ्नासाथ सुरुमा पीडितहरूले जाहेरी दिनुपर्छ । भदौ २३ गते बानेश्वरको संसद् भवन अगाडी भएको घटनामा मारिएकाहरूका आफन्तले संलग्नहरूमाथि कारबाहीको माग गरी यसअघि नै प्रहरीमा दिएको जाहेरी अलपत्र छ ।

उनीहरूले फिल्डमा खटिएका सुरक्षाकर्मीहरूदेखि जिल्लाको नेतृत्व गर्ने प्रहरी, प्रमुख जिल्ला अधिकारी लगायत तहगत रुपमा नाम किटानी गर्न सक्छन् । अब प्रहरीले त्यही जाहेरीबाट अनुसन्धान सुरु गर्नुपर्ने हुन्छ ।

भदौ २३ मा मारिएकाहरूका आफन्तले जाहेरीमा तत्कालीन गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पनि ज्यान मुद्दा चलाउनुपर्ने माग गरेका छन् । ज्यानमुद्दाको त्यस्तो जाहेरीमा प्रहरीले अनुसन्धान गर्नुपर्ने हुन्छ ।

नेपालमा अहिलेसम्म राज्यसंयन्त्रको बल प्रयोगबाट भएको हताहतीका यस्तै घटनामाथि फौजदारी अनुसन्धान गरेको अनुभव छैन ।

त्यसैले किटानी जाहेरीमाथि अनुसन्धान गर्ने प्रहरी अधिकारीहरूले त्यतिबेला फिल्डमा खटिने आफ्नै सहकर्मीहरूमाथि फौजदारी अनुसन्धान अघि बढाउनुपर्ने हुन्छ, जुन सजिलो काम होइन ।

त्यसबाहेक अनुसन्धानको दायरा फराकिलो भएर तत्कालीन प्रहरी परिसर प्रमुख, प्रमुख जिल्ला अधिकारी अनि प्रहरी महानिरीक्षकसम्म पुग्न सक्छ । राज्यका संवेदनशील निकायको सुरक्षा गर्ने क्रममा सुरक्षाकर्मीले जोसुकै शासनमा रहेको बेला पनि आफनो कर्तव्य पालना गर्नुपर्ने जिम्मेवारी निर्वाह गरेकाले यसलाई एकोहोरो व्याख्यामात्रै गर्न नपाइने तर्क पनि उठ्ने गर्छ ।

संसद, सिंहदरबार, राष्ट्रपति भवन जस्ता संवेदनशील निकायमा जबर्जस्ती घुसपैठ गरेर आक्रमण गर्दा त्यसको प्रतिकार गर्ने कि टुलुटुलु हेरेर बस्ने भन्ने प्रश्न पनि यसबीचमा उनीहरुले उठाएका छन् ।

प्रहरीले संकलन गर्ने प्रमाण, जाँचबुझ आयोगको विवरण र निष्कर्ष लगायतले ज्यानमुद्दाको आरोप स्थापित गर्न कति सहज हुन्छ, आगामी दिनमा नै थाह हुनेछ ।

ओली र लेखकमाथि ज्यान मुद्दामा अनुसन्धान हुनसक्छ ?

जेनजी आन्दोलनकर्मीहरू र मृतकका परिवारले आन्दोलन दमनमा भूमिका खेलेको आरोपमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकमाथि समेत ज्यान मुद्दामा फौजदारी अनुसन्धान हुनुपर्ने माग गरेका छन् ।

तर, गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनमा उनीहरूका बारेमा के छ ? भन्नेबारे केही उल्लेख छैन ।

संसद् भवन अगाडी १९ जनाको ज्यान जानुमा प्रधानमन्त्री ओली र गृहमन्त्री लेखक जिम्मेवार रहेको भनी प्रतिवेदनले निष्कर्ष निकालेमा समेत उनीहरूमाथि मुद्दा चलाउन पर्याप्त हुँदैन ।

फौजदारी कारबाहीको बारेमा दुईथरी दृष्टिकोणहरू बहसमा छन् । मानवअधिकारकर्मीहरूको भनाईमा, औचित्य पुष्टि हुन नसक्ने बल प्रयोगको घटना कानुनसम्मत हुन सक्दैन । त्यस्तोमा संलग्नहरूमाथि फौजदारी अनुसन्धान अघि बढ्नसक्छ ।

‘अनावश्यक रुपमा बल प्रयोग भएको छ र लक्षित गरेर हत्या गरिएको पनि देखिन सक्छ,’ वरिष्ठ अधिवक्ता चापागाईंले अनलाइनखबरसँग भनेका थिए, ‘अस्वभाविक बल प्रयोग भएको देखिने घटनालाई गैरन्यायिक हत्याको रुपमा लिन सकिन्छ ।’

तर, पूर्वसुरक्षाकर्मी र अधिकारीहरू राज्यसंयन्त्रमा बसेर शान्ति सुरक्षाका लागि बल प्रयोग गर्न निर्देशन दिएकै भरमा फौजदारी मुद्दा चल्न नसक्ने जिकिर गर्छन् ।

उनीहरूको भनाइमा राज्यसञ्चालनका क्रममा हुने कारबाहीमा कसैको ज्यान जाँदा मुलुकको गृहमन्त्री र कार्यकारी प्रमुखलाई ज्यान मुद्दा चलाउने हो भने आगामी दिनमा कोही पनि जिम्मेवारी लिन तयार हँुदैनन् ।

उनीहरूले तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकमाथिको कारबाहीको मागलाई त्यही कोणबाट हेरिनुपर्ने जिकिर गर्छन् ।

प्रहरीले मुद्दा चलाउन ओली र लेखकको प्रत्यक्ष संलग्नता सिलसिलेवार रुपमा प्रमाणसहित पुष्टि गर्नुपर्छ । आयोगमा बयान दिने क्रममा ओली र लेखक दुवैले गोली चलाउन आफूहरूले आदेश दिएको आरोप अस्विकार गरेका थिए ।

त्यस्तो अवस्थामा प्रहरीले अन्य प्रमाण जुटाई मन्त्रिपरिषद्को नेतृत्वकर्ता र गृहमन्त्री कलेजको युनिफर्ममा प्रदर्शनमा उत्रिएका किशोरकिशोरीहरूमाथि प्रत्यक्ष दमनमा संलग्न रहेको पुष्टि गर्नुपर्छ । त्यसरी पुष्टि हुदा भने ज्यानमुद्दाको प्रक्रिया अघि बढाउन बाधा पर्दैन ।

नेपाल बार एसोसिएसनका महासचिव एवं वरिष्ठ अधिवक्ता केदार कोइराला भदौ २३ को घटनाका बारेमा कसैले प्रहरीमा जाहेरी दिए मुलुकको फौजदारी कानुन अनुसार अनुसन्धान अघि बढ्ने बताउँछन् । त्यसो हुँदा जाहेरीमा नाम जोडिएका जो कोहीमाथि अनुसन्धान गर्न बाधा नहुने उनको भनाइ छ ।

‘कुनै पनि व्यक्तिलाई पदीय हैसियतका दृष्टिकोणले अनुसन्धान गर्न नमिल्ने हुँदैन, सबैमाथि अनुसन्धान हुनसक्छ,’ उनी भन्छन्, ‘तर मुद्दा चलाउन प्रमाण चाहिन्छ । नागरिकको ज्यान जाने घटनामा संलग्न भएको प्रमाण भेटिएमा कसैलाई पनि उन्मुक्ति दिन सकिंदैन ।’ तर प्रमाणलाई भने प्राथमिकतामा राखिनुपर्ने उनको भनाइ छ ।

फिफा विश्वकप फुटबल २०२६ः इरान प्रतियोगितामा सहभागी हुन अमेरिका गएन भने के हुन्छ

फिफा विश्वकपको ट्रफी

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, अमेरिका, क्यानडा र मेक्सिकोले विश्वकप फुटबल २०२६ संयुक्त रूपमा आयोजना गर्दै छन्

पढ्ने समय: ४ मिनेट

इरान आसन्न विश्वकप फुटबल २०२६ मा सहभागी हुन सक्ने परिस्थितिमा नभएको इरानी खेलकुद तथा युवामन्त्री अहमद दन्यामलीले बताएका छन्।

आगामी जुन ११ मा आरम्भ हुने यो प्रतियोगिता संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्न लागेका छन्।

समूह चरणमा इरानको पहिलो खेल न्यूजील्यान्डसँग जुन १५ मा, दोस्रो खेल बेल्जमसँग जुन २१ मा र तेस्रो खेल इजिप्टसँग जुन २६ मा हुने तय भएको छ। फिफाले पहिला दुई खेल लस एन्जलिसमा र तेस्रो खेल सियाटलमा हुने जनाएको छ।

तर अमेरिका र इजरेलले इरानमा आक्रमण गर्न थालेपछि उक्त देशको राष्ट्रिय टोली विश्वकपमा सहभागी होला कि नहोला भनेर संशय उत्पन्न भएको छ। आक्रमणमा परेर इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईको पनि मृत्यु भएपछि इरानले इजरेल र मध्यपूर्वका अरू देशमा अवस्थित अमेरिकी सैन्य शिविरहरूमा क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको थियो।

फिफा अध्यक्ष जानी इन्फ्यान्टीनोले आफूले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग विश्वकपको तयारी र इरानमा विद्यमान अवस्थाबारे छलफल भएको जानकारी र प्रतियोगितामा इरानको सहभागिताबारे उनी सकारात्मक भएको बताएका छन्।