Skip to main content

चाँडै निर्वाचन गर्ने निर्णयपछि एन्फा विवाद र मुद्दाको भुमरीमा किन परिरहेको छ?

एन्फा अध्यक्ष पङ्कज विक्रम नेम्बाङ (दायाँ) र महासचिव किरण राई

तस्बिर स्रोत, ANFA

तीन महिनाअघि, गत पुस १६ गते अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले समयभन्दा पहिले निर्वाचन गर्ने घोषणा गरेपछि नेपाली फुटबल क्षेत्रमा विवादहरूको श्रृङ्खला सुरु भएको छ र अझै जारी छ।

एन्फाले चाँडै निर्वाचन गर्ने प्रयास गरेको निर्णयलाई तीन पक्षले असहमति जनाइरहेका छन्।

तीमध्ये एक हो राष्ट्रिय खेलकुद परिषद् (राखेप), अर्को क्लबहरू, र तेस्रो एन्फाका केही पदाधिकारीहरू।

कसको के भनाइ?

कुनै पनि राष्ट्रिय खेल सङ्घको निर्वाचन गर्न राखेपको स्वीकृति अनिवार्य हुन्छ। एन्फाले स्वीकृति नलिइकनै निर्वाचन गर्ने तयारी गरेपछि राखेपले देशको कानुन विपरीत भन्दै पटक-पटक निर्वाचन प्रक्रिया रोक्न निर्देशन दिइरहेको छ।

डिभिजन क्लब र एन्फाका केही पदाधिकारीहरूले भन्छन्, जिल्ला तहदेखि तहगत निर्वाचन गरेर मात्र केन्द्रीय निर्वाचन गर्नुपर्ने परम्परा छ, त्यसको विपरित चाँडो निर्वाचन गर्न खोजिएको भएकाले विरोध भइरहेको छ।