
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पाँच करोड ७० लाख रुपैयाँ बराबरको ठगी तथा आपराधिक विश्वासघात कसुरमा दुई प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेको पाँचखाल नगरपालिका–२ का ५८ वर्षीय कृष्णप्रसाद दंगाल र चितवनको खैरहनी नगरपालिका–१० की २८ वर्षीया सरिता गुनी रहेका छन्। उनीहरुविरुद्ध धनुषा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको र गुनीविरुद्ध चितवन प्रहरीले ६२ लाख रुपैयाँको बैंकिङ कसुरका दुई मुद्दा दर्ता गरेको छ।
पक्राउ पर्ने दंगाल र गुनीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कागेश्वरी मनोहराबाट पक्राउ गरेको हो। यसअघि गुनीविरुद्ध चितवन प्रहरीले ३२ र ३० लाख गरी ६२ लाख रुपैयाँको बैंकिङ कसुरका दुई वटा मुद्दा दर्ता गरेको पाइएको छ।






