
मन्त्रिपरिषद् बैठक १५ चैत दिउँसो २ बजे बस्न लागेका छन्। नयाँ सरकारले गठन भएपछिको यो दोस्रो मन्त्रिपरिषद् बैठक हुनेछ। १५ चैत, काठमाडौं। मन्त्रिपरिषद् बैठक बस्न लागेको छ। दिउँसो २ बजेका लागि बैठक बोलाइएको जानकारी एक मन्त्रीले दिनुभयो। नयाँ सरकार गठन भएपछि बस्न लागेको यो दोस्रो मन्त्रिपरिषद् बैठक हो। पहिलो मन्त्रिपरिषद् बैठकले चार वटा महत्वपूर्ण निर्णयहरू गरेको थियो। जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय सरकारले लिएको थियो। त्यसैगरी, शासकीय सुधारका एक सय कार्यसूची पनि उक्त बैठकबाट स्वीकृत गरिएको थियो।






