Skip to main content

मकवानपुरमा दुई सातादेखि हराएको व्यक्ति मृत फेला

मकवानपुरको राक्सिराङ गाउँपालिका–५ का ६१ वर्षका कामीसिंह थिङ मृत अवस्थामा फेला परेका छन्। थिङको शव मनहरी–७ स्थित कालिका सामुदायिक वन उपभोक्ता समूहअन्तर्गत ठूलो खोल्सी क्षेत्रमा फेला परेको प्रहरीले जनाएको छ। थिङ फागुन २९ गते घरबाट बेपत्ता भएका थिए र खोजीका क्रममा शव सडेको अवस्थामा भेटिएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार थिङको शव मनहरी–७ को कालिका सामुदायिक वन उपभोक्ता समूह अन्तर्गत ठूलो खोल्सी क्षेत्रमा शनिबार साँझ फेला परेको हो। लामो समयदेखि मानसिक समस्यामा परेका थिङ फागुन २९ गते घरबाट बेपत्ता भएको र परिवारले प्रहरीमा खोजीका लागि निवेदन दिएका थिए। प्रहरी नायब उपरीक्षक बोगटीले बताए अनुसार खोजीका क्रममा शव सडेको अवस्थामा भेटिएको हो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।