Skip to main content

प्रचण्डलाई नेकपाको संसदीय दलको नेता चयन गरियो

फाइल तस्वीर समाचार सारांश नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदीय दलको नेता चयन भएका छन्। संसदीय दलको बैठकले प्रचण्डलाई नेता चयन गरेको नेकपाका सांसद रमेश मल्लले जानकारी दिनुभएको छ। नेकपाले २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ९ सिट जितेको थियो। १५ चैत, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदीय दलको नेता चयन हुनुभएको छ। नेकपाका सांसद रमेश मल्लका अनुसार आइतबार बसेको संसदीय दलको बैठकले प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको हो। २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपाले प्रत्यक्षतर्फ ८ सिट र समानुपातिकतर्फ ९ सिट जितेको थियो।