Skip to main content

एमाले सांसद शर्मालाई मुद्दा नचल्ने भएपछि बालेनले भने- ‘सरी नानु, समय आउँछ’

१६ चैत, काठमाडौं । २०८१ माघको अन्तिम साता तिर एमाले लुम्बिनी प्रदेशसभाका सदस्य रेखाकुमारी शर्मालाई सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने तयारी गरेको थियो। शर्मालाई मुद्दा नचलाउने सिफारिससहित जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा तयार भएको फाइल उच्च सरकारी वकिलको कार्यालय हुँदै महान्यायाधिवक्ताको कार्यालयमा पुगेको थियो। विशेष गरी सोही वर्ष जेठ १४ गते महानगरपालिकाको टोलीले सर्भे गर्दा प्रदेश सांसद शर्माको घरबाट एक बालिकालाई उद्धार गरेको थियो। उनले आफू निरन्तर हिंसामा परेको बताउँदै सर्भेमा राखेपछि महानगरले उनलाई उद्धार गरेको थियो। यद्यपि पछि उक्त मुद्दा नचल्ने गरी महान्यायाधिवक्ताको कार्यालयमा फाइल माघको अन्तिम साता तिर पुग्यो।

त्यस घटनामा प्रतिक्रिया दिँदै तत्कालीन काठमाडौं महानगरपालिकाका मेयर र हालका प्रधानमन्त्री बालेन शाहले कुनै दिन समय आउने बताएका थिए। तत्काल मेयर शाहले लेखेका थिए, ‘सरी नानु, तिम्रा पीडकहरूविरुद्ध मुद्दा नचल्ने बनाएछ सरकारले। नडराउनु। समय आउनेछ। यस्ता विभेद, अपराध कम गर्न र ती कुकर्म गर्नेहरुलाई कारबाही गर्न तिमी र तिमी जस्तै धेरै बालबालिकाले पढ्नुपर्छ र समाज बुझ्नुपर्छ।’

त्यसै सांसद शर्मालाई आइतबार मध्यराति काठमाडौंबाट प्रहरीले पक्राउ गरेको छ।