Skip to main content

पीएम कपमा मधेश प्रदेशको अपराजित यात्रा निरन्तर

मधेश प्रदेशले पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गरेको छ। कर्णालीले ३१.२ ओभरमा १२९ रन बनाउँदै एलआउट भएको थियो। सोमबार जनकपुरमा भएको खेलमा मधेश प्रदेशले कर्णाली प्रदेशलाई ५ विकेटले पराजित गरेको छ। कर्णालीले दिएको १३० रनको लक्ष्य मधेशले २४.५ ओभरमा ५ विकेट गुमारी पूरा गर्‍यो।

मधेशका लागि निरज यादवले सबैभन्दा बढी ३८ रन बनाए। अरनिको यादव ३२ रनमा अविजित रहे भने मयन यादवले २४ रन जोडए। पवन सर्राफले १७ रन बनाए। कर्णालीका दीपेन्द्र रावतले ३ विकेट लिए भने दिवान पुन र प्रकाश जैशीले १-१ विकेट लिए। पहिले टस जितेर ब्याटिङ गरेको कर्णाली प्रदेशले ३१.२ ओभरमा सबै विकेट गुमाएर १२९ रन मात्रै बनाउन सफल भएको थियो।

ओपनर रविन्द्र शाहीले सर्वाधिक ४० रन बनाए। अर्जुन घर्तीले २४ तथा बिपिन रावल र दिनेश अधिकारीले समान १८ रन बनाए। कप्तान दिवान पुनले १२ रन जोडे। मधेशका आशिक बैठकले १० ओभरमा ३४ रन खर्चेर ४ विकेट लिए। विशाल पटेल र अरनिको यादवले २-२ विकेट लिए भने प्रदिप पासवानले १ विकेट लिए। पीएम कपमा यसअघि ४ खेल खेलिसकेको मधेशले ७ अंक जोडेको छ। कर्णालीले ४ खेलमा ३ अंक जोडेर छैटौँ स्थानमा रहेको छ।