Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

पूर्व राष्ट्रपति भण्डारीले ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिईन्

Advertisement800×200-1

१६ चैत, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन्। सोमबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पुगेर पूर्व राष्ट्रपति भण्डारीले ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको भण्डारीका स्वकीय सचिव राजकुमार राईले जानकारी दिए। पूर्वराष्ट्रपति भण्डारीले चिकित्सकसँग पनि ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको उनले बताए।
पूर्व प्रधानमन्त्री समेत रहेका ओलीलाई भदौ २३ र २४ का घटनाको छानबिन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न भन्दै सरकारको निर्देशनले प्रहरीले शनिबार पक्राउ गरेको थियो। पक्राउपछि उनलाई उपचारका लागि शिक्षण अस्पताल भर्ना गरिएको छ। –रासस


Advertisementadv-800×200.png

सम्बन्धित खबर