
नेपाली कांग्रेसको संस्थापन इतर समूहले समानान्तर गतिविधि अघि बढाएर पार्टीमा आन्तरिक विवाद थप गहिरो बनाएको छ। पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेकै दिनदेखि इतर समूहले पार्टीको आधिकारिक शैलीमा क्रियाकलाप सुरु गरेको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन्। १६ चैत, काठमाडौं।
नेपाली कांग्रेसको संस्थापन इतर समूहले समानान्तर गतिविधि अघि सारेको छ। इतर समूहले समानान्तर गतिविधि अघि बढाउँदा चुनावअघि देखिएको कांग्रेसमा आन्तरिक विवाद फेरि बढेको छ। पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि इतर समूहका नेता पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरेपछि कांग्रेस विवाद पुनः सतहमा आएको छ। लेखकको पक्राउ प्रकरणलाई लिएर संस्थापन र इतर समूहबीच ‘इस्यु’ (मुद्धा) को दृष्टिकोण पनि भिन्न देखिएको छ।
पूर्वगृहमन्त्री लेखक पक्राउ परेकै दिनदेखि इतर समूहले पार्टीको आधिकारिक शैलीमा क्रियाकलाप शुरू गरेको छ। लेखक पक्राउपछि राजनीतिक क्षेत्रमा दुई फरक कांग्रेस समूह देखा परेका छन्। विशेष महाधिवेशनबाट चयन गरिएको नेतृत्वलाई निर्वाचन आयोगले आधिकारिकता दिएपछि खड्काले पार्टीको लेटर प्याड प्रयोग गरी कार्यवाहक सभापतिको रूपमा धारणा सार्वजनिक गरेका थिए। अर्कोतर्फ, कांग्रेसले पार्टीका नेता लेखकको नाम नउठाइ विज्ञप्ति जारी गर्यो। कांग्रेसले सरकारले लिएको पछिल्लो कदमलाई ‘सेलेक्टिभ’ भनेको थियो, तर त्यो कदमविरुद्ध कुनै आन्दोलन कार्यक्रम तय नगरिने स्पष्ट पारेको थियो।






