Skip to main content

महामन्त्री पौडेलले पार्टीका नेता तथा कार्यकर्तालाई एकजुट हुन आव्हान गरे

१७ चैत, काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले समानान्तर गतिविधि अघि बढाएपछि महामन्त्री प्रदीप पौडेलले पार्टीका नेता तथा कार्यकर्तालाई एकजुट हुन आव्हान गरेका छन्। इतर समूहले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक सुरु हुनुअघि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत नेता तथा कार्यकर्तालाई एकजुट हुन आग्रह गरेका हुन्।
‘अहिलेको प्रतिकूलतामा पनि हामी छिन्नभिन्न भएर बिग्रिनु हुँदैन,’ महामन्त्री पौडेलले लेखेका छन्, ‘म पार्टीका महामन्त्री मात्र नभई एक इमान्दार कार्यकर्ता भएर भन्नेछु– हामी सबै एकजुट हौँ।’ पौडेलले देशका हरेक संकटमा कांग्रेस एकजुट भएको र त्यही एकताको बलमा कांग्रेसले विगतमा देशका ऐतिहासिक परिवर्तनको नेतृत्व गर्दै सफलता हासिल गरेको स्मरण गराएका छन्।
‘म नेपाली कांग्रेसका सबै नेता तथा कार्यकर्तालाई अनुरोध गर्छु– शक्ति एकतामा छ, र यसैको बलमा हामी फेरि उज्यालो भविष्य पाउछौं,’ महामन्त्री पौडेलले बताएका छन्।