Skip to main content

अध्यागमन विभागले व्यवसायी दीपक भट्टलाई कालोसूचीमा राख्यो

१७ चैत, काठमाडौं। अध्यागमन विभागले व्यवसायी दीपक भट्टलाई कालोसूचीमा राखेको छ। भट्टमाथि सम्पत्ति शुद्धीकरणको आरोपमा अनुसन्धान भइरहेकोले उनी अध्यागमनको कालोसूचीमा परेका हुन्, स्रोतले जनाएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सोमबार अध्यागमन विभागलाई पत्र लेख्दै उनको पासपोर्ट रोक्का गर्न आग्रह गरेको छ, स्रोतले थप जानकारी दिएको छ। यस सम्बन्धमा भइरहेको अनुसन्धानका विषयमा अहिलेसम्म सरकारी निकायबाट कुनै प्रतिक्रिया आएको छैन।